Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

धरानमा बाथरुममा चिप्लिएर लड्दा एक पुरुषको मृत्यु

धरानमा बाथरुममा चिप्लिएर लड्दा एक पुरुषको मृत्यु

इच्छाकामना न्युज

१४, भाद्र २०८२
धरानमा बाथरुममा चिप्लिएर लड्दा एक पुरुषको मृत्यु

इटहरी । सुनसरीको धरान उपमहानगरपालिका–४ खैरेनीटारका ५० वर्षीय नितेश श्रेष्ठको आफ्नै घरको बाथरुममा चिप्लिएर लड्दा मृत्यु भएको छ।

images

शुक्रबार दिउँसो करिब १२ बजे श्रेष्ठ नुहाउने क्रममा चिप्लिएर लडेपछि गम्भीर घाइते भएका थिए। तत्कालै उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान घोपामा लगिएको थियो। बाहिरी चोटपटक नदेखिए पनि तत्काल बोल्न नसक्ने गम्भीर अवस्थामा रहेका श्रेष्ठको उपचारका क्रममा दिउँसो १ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।  घटनास्थल धरान इलाका प्रहरी कार्यालयबाट करिब ७ किलोमिटर उत्तर–पूर्वतर्फ पर्ने बताइएको छ।

घटनाबारे थप अनुसन्धान र कानूनी प्रक्रिया पूरा गर्न इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी निरीक्षक जीवन कुँवरको कमाण्डमा अपराध स्थल अनुसन्धान टोली खटिएको प्रहरीले जनाएको छ।

श्रेष्ठको शव पोस्टमार्टमका लागि सोही अस्पतालको शवगृहमा राखिएको छ।

images
प्रकाशित मिति :भाद्र १४, २०८२ शनिवार - १०:४६:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology