Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको चेतावनी, सतर्क रहन आह्वान

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको चेतावनी, सतर्क रहन आह्वान

इच्छाकामना न्युज

११, भाद्र २०८२
आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको चेतावनी, सतर्क रहन आह्वान
images

काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको हाराहारीमा रहँदा देशभर मनसुनी प्रभाव सक्रिय बनेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसको प्रभावले आज दिउँसो र राति देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहँदा विशेषगरी तीन प्रदेशमा भारी वर्षा हुनसक्ने देखिएको छ ।

images
images

महाशाखाले जारी गरेको पछिल्लो मौसम पूर्वानुमान बुलेटिन अनुसार, हाल कोशी, मधेस र बागमती प्रदेशसहित देशका पहाडी भूभागमा सामान्य बदलीको अवस्था छ भने बाँकी भूभागमा मौसम आंशिक बदली रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर मौसम सामान्यतया बदली रहनेछ । महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी प्रदेश तथा अन्य पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । बाँकी तराई क्षेत्रका थोरै स्थानमा पनि वर्षा हुनेछ । विशेषगरी, कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

आज राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा सामान्य बदली रही अन्य स्थानमा आंशिक बदली रहनेछ । रातिको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । महाशाखाले कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने चेतावनी दिएको छ ।

महाशाखाले कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रका नदी नाला तथा खहरे खोलामा पानीको बहाव बढ्न सक्ने, भू-क्षय हुन सक्ने, पहिरो जान सक्ने तथा सडक र हवाई यातायातमा समेत सामान्य अवरोध आउन सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । बदलिँदो मौसमबारे अद्यावधिक जानकारी लिन पनि सर्वसाधारण तथा सरोकारवाला निकायहरूलाई आग्रह गरिएको छ ।

images
प्रकाशित मिति :भाद्र ११, २०८२ बुधवार - ०७:४४:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology