Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

असारदेखि बेपत्ता शिक्षक अन्तिम पटक कुरिनटारमा देखियो, फुटेजमा पैदल हिँड्दै

असारदेखि बेपत्ता शिक्षक अन्तिम पटक कुरिनटारमा देखियो, फुटेजमा पैदल हिँड्दै

इच्छाकामना न्युज

७, भाद्र २०८२
असारदेखि बेपत्ता शिक्षक अन्तिम पटक कुरिनटारमा देखियो, फुटेजमा पैदल हिँड्दै
images

चितवन, ७ भदौ । गत असार १७ गतेदेखि बेपत्ता भएका अछाम साँफेबगर नगरपालिका–३ निवासी शिक्षक जगतबहादुर कुँवर अझै फेला परेका छैनन्। ५५ वर्षीय कुँवर पछिल्लो समय उपचारका लागि काठमाडौंको अनामनगरमा आफ्ना छोरा युवराज कुँवरसँग बस्दै आएका थिए।

images
images

उनी असार १७ गते बिहान मर्निङ वाकका लागि घरबाट निस्किएका थिए। त्यसयता उनी सम्पर्कविहीन छन्। सोही दिन बेलुका चितवनको कुरिनटार क्षेत्रमा पैदल हिँडिरहेको अवस्था सीसीटीभी फुटेजमा देखिएको छ। त्यसपछि उनको अवस्था र स्थानबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन।

छोरा युवराज कुँवरले आफ्ना बुबाको खोजीमा सबैको सहयोग माग्दै भने, “बुबालाई कसैले देख्नुभएको छ वा केही जानकारी छ भने नजिकको प्रहरी कार्यालय वा हामीलाई तुरुन्त जानकारी गराइदिनुहोला।”

परिवारले उनको खोजीमा प्रहरी प्रशासनसँग समेत समन्वय गरिरहेको जनाइएको छ। अहिलेसम्म शिक्षक कुँवरको अवस्था अनिश्चित रहेको छ।

images
प्रकाशित मिति :भाद्र ७, २०८२ शनिवार - १२:०५:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology