धादिङ, १९ फाल्गुन।
धादिङ सदरमुकामबाट नजिकको दुरीमा पर्ने सिद्धलेक शिवरात्रीको दिन हेलिकप्टरबाट अवलोकन गर्न पाइने भएको छ।
आन्तरिक तथा वाह्य पर्यटकहरुलाई लोभ्याउने नलाङ र सलाङको सिमानामा रहेको सिद्धलेक फागुन २७ गते शिवरात्रीको दिन हेलिकप्टरबाट अवलोकन गर्न पाईने भएको हो।
हरेक शिवरात्रीमा मेला लाग्ने सिद्धलेकमा रहेको सिद्धबाबाको मन्दिर यहि फागुन २७ गते शिवरात्रीको दिन हुने सिद्धलेक महोत्सवको अवसरमा हेलिकप्टरबाट अवलोकन गर्न पाईने आयोजकले सिद्धलेक ढेवाडाँडा धादिङले जनाएको छ ।
अवलोकनको लागि टिकट बुकिङ खुल्ला भएको र प्रति टिकट ३ हजार तोकिएको छ। समुहमा ५ जना मिलेर आए १४ हजारमा हेलिकप्टरबाट सिद्धलेक मन्दिर अवलोकन गर्न पाईने आयोजकले जनाएको छ ।
उक्त दिन प्रथम सिद्धलेक धार्मिक, पर्यटन तथा साँस्कृतिक महोत्सवमा इन्द्रेनी टिम आउने समेत आयोजकले जनाएको छ ।