Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

गोङ्गबु हत्याकाण्डः  चितवनकी कल्पना मुडभरीलाई आजीवन कारावास

गोङ्गबु हत्याकाण्डः  चितवनकी कल्पना मुडभरीलाई आजीवन कारावास

images

इच्छाकामना न्युज

१९, फाल्गुण २०७७
गोङ्गबु हत्याकाण्डः  चितवनकी कल्पना मुडभरीलाई आजीवन कारावास
images

चितवन, १९ फाल्गुन ।
जिल्ला अदालत काठमाडौंले गोङ्गबु हत्याकाण्डकी मास्टरमाइण्ड  चितवनकी ३७ वर्षीय कल्पना मुडभरी पौडेललाई आजीवन कारावासको सजाय सुनाएको छ । गोङ्गबु हत्याकाण्डकी अभियुक्त कल्पनालाई अपराधी ठहर गर्दै आजीवन कारावासमा राख्ने फैसला सुनाएको हो । गत साउन २५ गते गोङ्गबुमा दाङका ४५ वर्षीय कृष्ण बहादुर बोहराको शरीर र टाउको छुट्टिएको अवस्थामा शव भेटिएको थियो । बोहराको घाँटी रेटी हत्या गरेर सुटकेशमा हाली खोलामा फालिएको अवस्थामा शव भेटिएको थियो । सो घटनामा संलग्न रहेकी कल्पनालाई फागुन १३ गते काठमाडौँ जिल्ला अदालतले आजीवन कारावासको सजाय सुनाएको हो ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले कल्पनालाई जीवनभर कारावासको सजाय सुनाएको छ भने उनकी छोरीलाई सफाइ दिने फैसला गरेको छ । साथै मृतक कृष्णबहादुर बोहराको परिवारलाई राज्यकोषबाट ५५ हजार रुपैयाँ राहत उपलब्ध गराउने आदेश दिइएको छ ।

हत्याको करिब ७ महिनापछि जिल्ला अदालत काठमाडौंले कल्पनालाई जीवनभर कैदमै राख्ने फैसला सुनाएको जिल्ला अदालत काठमाडौंका श्रेष्तेदार भीम बहादुर निरौलाले बताताउनुभायो। 

images
प्रकाशित मिति :फाल्गुण १९, २०७७ बुधवार - १५:१६:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology