Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

टप एन्ड टी-२० सिरिजमा आज नेपाल र बंगलादेश ए खेल्दै

टप एन्ड टी-२० सिरिजमा आज नेपाल र बंगलादेश ए खेल्दै

इच्छाकामना न्युज

३१, श्रावण २०८२
टप एन्ड टी-२० सिरिजमा आज नेपाल र बंगलादेश ए खेल्दै
images

काठमाण्डु । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले शनिबार बंगलादेश एसँग खेल्दै छ ।

images
images

डार्विनको मरारा क्रिकेट ग्राउण्ड २ मा खेल दिउँसो नेपाली समयअनुसार सवा २ बजे सुरु हुनेछ । नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने बंगलादेश ए को कप्तानमा नुरुल हसन छन् ।

दुवै टोली आआफ्नो पहिलो खेलमा पराजित भएका छन् । शुक्रबार नेपाल एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो भने बंगलादेश एलाई पाकिस्तान शाहीन्सले ७९ रनले हराएको थियो । दुवै टोली शनिबार पहिलो जितको खोजीमा हुनेछन् ।

बंगलादेश ए गत सिजनको उपविजेता टोली हो । टोलीमा अन्तर्राष्ट्रिय अनुभव बटुलिसकेका र हालैको बंगलादेश प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरू छन् ।

२४ अगस्टसम्म डार्विन र पामरस्टनमा हुने यस प्रतियोगितामा नेपाली राष्ट्रिय क्रिकेट टोलीसहित ११ टोलीले ३६ लिग खेल खेल्ने छन् ।

नेपालले यसपछि मेलबर्न स्टार्स, होबार्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स र पाकिस्तान शाहीन्ससँग खेल्नेछ ।

images
प्रकाशित मिति :श्रावण ३१, २०८२ शनिवार - ०९:०७:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology