Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

धनुषामा गोली प्रहार गरी दुईजना लागूऔषध कारोबारी पक्राउ

धनुषामा गोली प्रहार गरी दुईजना लागूऔषध कारोबारी पक्राउ

इच्छाकामना न्युज

२९, श्रावण २०८२
धनुषामा गोली प्रहार गरी दुईजना लागूऔषध कारोबारी पक्राउ
images

धनुषा । धनुषामा गोली प्रहार गरी प्रहरीले दुई जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ । उनीहरुलाई बुधबार पक्राउ गरिएको हो ।

images
images

पक्राउ पर्नेमा मिथिला नगरपालिका–२ का पप्पु साह र सेली देवी राम रहेका छन् । दुवैलाई आज मिथिला नगरपालिका–२ नक्टाझिजबाट प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको हो । उनीहरूका साथबाट प्रहरीले दुई सय ग्राम ब्राउनसुगर बरामद गरेको धनुषाका प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिए । 

उनका अनुसार प्रहरीले गोप्य सूचनाका आधारमा बा ८७ ना ९६७ नंको मोटरसाइकल चेक गर्दा भाग्न खोजेपछि प्रहरीले दुई राउन्ड गोली प्रहार गरेको थियो । प्रहरीले एक राउन्ड हवाई फायर गर्दा पनि नरोकिएपछि अर्को राउन्ड प्रहार गर्दा पप्पुको खुट्टामा लागेको थियो । घाइतेको जानकी मेडिकल कलेज रमदैयामा उपचार भइरहेको छ ।

images
प्रकाशित मिति :श्रावण २९, २०८२ बिहिवार - ०८:५८:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology