Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

चितवन बाइजुराज महिला कार्य समिति गठन

चितवन बाइजुराज महिला कार्य समिति गठन

इच्छाकामना न्युज

१७, फाल्गुण २०७७
चितवन बाइजुराज महिला कार्य समिति गठन

चितवन, १७ फागुन। देवघाट -२ तनहुँमा रहेको प्राणनाथ सेवा आश्रमको वाइजुराज महिला कार्यसमिति गठन भएको छ । नव गठित कार्यसमितिको अध्यक्षमा पारु केशि चयन हुनुभएको छ भने उपाध्यक्षमा उर्मिला खतिवडा, सचिवमा सदिक्षा मिश्र, उपसचिवमा मिरा बराल, कोषाध्यक्षमा बिनिता अधिकारी र सदस्यहरुमा अन्जना खतिवडा, सभ्यता रिजाल, सुमन सिलवाल र कल्पना पराजुली चयन हुनुभएको छ । कार्यसमितिको सल्लाहकारमा सुमित्रा रिजाल, गीता दवाडी, मीना पौडेल र भवानी देवकोटा रहनुभएको छ । देवघाट-२ तनहुँमा रहेको २०६३ सालमा स्थापित यस प्राणनाथ सेवा आश्रम जनहिकारी सेवामुलक संस्था हो ।

images

received_813890179196477-300x225.jpeg

अनाथ तथा टुहुरा बालवालिकालाई पालनपोषण, गास वास कपास, स्वास्थोपचार र शिक्षा तथा सिपमुलक तालिम र शिक्षा दिई व्यवसायीक आत्मनिर्भर बनाउने उद्धेश्य राखेर स्थापित यस संस्थाले जनचेतनामूलक कार्यक्रमको आयोजना गर्ने, आफनोस्वच्छिक र धनधान्याञ्चल यज्ञबाट उठेको नगद, धान चामल बिक्री गरिएको रकम सुन्दरसाथजिले टिकालगाएर दिनुभएको रकम समेत यस संस्थामा लगानी गर्नु भएको र श्रीकृष्ण प्रणामी मन्दिरको स्थापना गरी धर्मको प्रचार प्रसार गर्ने , यस उद्धेश्यले बाइजुराज महिला कार्य समिति गठन गरिएको संस्थाकी संरक्षक विदुषी श्री तारा माताले जानकारी दिनुभयो ।

हाल आश्रम सञ्चालक समितिको कार्यलय र गुरुकुलमा अध्यन गर्ने विधार्थीहरु रहेकाछन् । संस्थाले आगामी दिनमा बालवालिका, जेष्ठ नागरिक मन्त्रालय, महिला विकास शाखा, जिल्ला, प्रदेश बाल सञ्जाल, स्काउट, रेडक्रस, शिक्षा कार्यालय, नगरपालिका, रोटरी, लायन्स क्लव लगायतका संस्थासंग मिलेर सामाजीक काम गर्ने वताइएको छ । महिला कार्यसमिति गठनका अवसरमा बोल्दै संस्थाकी सदस्य एवम् भाषा पाठ्यक्रम विकास केन्द्रकी अधिकृत सुमन सिलवालले आवासिय विद्यालयहरु अनाथ बालबालिका संरक्षण र शिक्षादिक्षाको लागी यस संस्थालाई सहयोग गर्न आग्रह गर्नुभएको थियो यसमा स्थानीय निकाएको समेत ध्यान केन्द्रित रहन आवान समेत गर्नुभएको छ ।

images
प्रकाशित मिति :फाल्गुण १७, २०७७ सोमवार - १९:२३:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology