Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

अमेरिका पठाइदिने प्रलोभनमा करोड रुपैयाँ ठगी गर्ने गिरोह पक्राउ

अमेरिका पठाइदिने प्रलोभनमा करोड रुपैयाँ ठगी गर्ने गिरोह पक्राउ

images

इच्छाकामना न्युज

८, श्रावण २०८२
अमेरिका पठाइदिने प्रलोभनमा करोड रुपैयाँ ठगी गर्ने गिरोह पक्राउ
images

काठमाडौं । अमेरिका पठाइदिने प्रलोभन देखाउँदै एक करोड बीस लाख रुपैयाँ ठगी गर्ने गिरोहका तीन सदस्य पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले दिएको जानकारी अनुसार पक्राउ परेकामध्ये दुईजना काठमाडौं र भक्तपुरबाट र एकजना ललितपुरबाट पक्राउ परेका हुन्।

अमेरिकामा अध्ययनको लागि जाने विद्यार्थीहरुलाई बैंक स्टेटमेन्टमा ठूलो रकम देखाउनुपर्ने भन्दै प्रतिवादीहरुले पीडितहरुलाई झुक्याएर रु. १,२०,००,००० (एक करोड बीस लाख) जम्मा गराएका थिए। रकम जम्मा भएपछि उनीहरुले रकम फिर्ता नगरी विभिन्न व्यक्तिका खातामा सारेर सम्पर्कविहीन भएका थिए।

पक्राउ परेकाहरुको विवरण:

  1. बिशाल घिमिरे, उमेर २३ वर्ष
    • स्थायी ठेगाना: काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका–२
    • हाल बसोबास: भक्तपुर, मध्यपुर थिमी नगरपालिका–१, लोकन्थली
  2.  
  3. समिर सिंह, उमेर २५ वर्ष
    • स्थायी ठेगाना: सर्लाही, लालबन्दी नगरपालिका–१, नवलपुर
    • हाल बसोबास: काठमाडौं, महानगरपालिका–९, गौशाला
  4.  
  5. अशोक कुमार यादव, उमेर २६ वर्ष
    • स्थायी ठेगाना: सर्लाही, कबिलासी नगरपालिका–९, सल्यानपुर
    • हाल बसोबास: ललितपुर, महालक्ष्मी नगरपालिका–५, ईमाडोल
  6.  

थप विवरण:

  • मिति २०८२।०१।१८ मा बिशाल घिमिरेले अमेरिका पठाइदिने भन्दै एकजना पीडितसँग रु. ६१ लाख ठगी गरेको उजुरी यस कार्यालयमा परेको थियो।
  • हाल सबै प्रतिवादीलाई ठगीसम्बन्धी कसूर अन्तर्गत थप अनुसन्धान तथा आवश्यक कानुनी कारवाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाडौं पठाइएको छ।

प्रहरीले नागरिकहरूलाई यस्ता प्रलोभनमा नपरी कानुनी सल्लाह लिएर मात्र अन्तर्राष्ट्रिय प्रक्रियामा अगाडि बढ्न आग्रह गरेको छ।

IMG_0683-1489x2048.jpeg

images
प्रकाशित मिति :श्रावण ८, २०८२ बिहिवार - ०६:०१:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology