Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नेपाली महिला फुटबल टीम उपाधि लागि आज बंगलादेशसँग भिँड्दै

नेपाली महिला फुटबल टीम उपाधि लागि आज बंगलादेशसँग भिँड्दै

इच्छाकामना न्युज

५, श्रावण २०८२
नेपाली महिला फुटबल टीम उपाधि लागि आज बंगलादेशसँग भिँड्दै
images

काठमाडौं । नेपाली महिला फुटबल टीमले आज शक्तिशाली मानिएको बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । नेपाली यू–२० महिला फुटबल टोली साफ यू–२० महिला च्याम्पियनसिपको उपाधि लागि सोमवार बंगलादेशसँग भिँडन लागेका हो ।

images
images

यस प्रतियोगिताको अन्तिम खेल आज ढाकास्थित बसुन्धरा किंग्स एरेनामा साँझ ६ः४५ बजेदेखि प्रारम्भ हुँदैछ ।

हालसम्म बंगलादेशले सबै पाँच खेलमा जीत हासिल गरेर १५ अंकसहित शीर्ष स्थानमा रहेको छ भने नेपालले चार जीत तथा एक हारसहित १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

नेपाली महिला टोलीले लामो र फरक अन्तरले भुटान र श्रीलंकालाई दुई–दुई खेलमा पराजित गरे पनि तर आज पुनः प्रतिस्पर्धमा उत्रन लागेको बंगलादेशसँग भने पराजित हुन बाध्य भएको थियो ।

यद्यपि, राउण्ड रोविन लीगको अन्तिम खेल भए पनि नेपालका लागि भने यो अघोषित फाइनल जस्तै हुनेछ । किनभने, अन्तिम खेलअघि नेपालभन्दा बंगलादेशले तीन अंक बढी जोडेर प्रतिस्पर्धामा आउँदैछ । त्यसैले अंक बराबरी गर्न पनि नेपालले अन्तिम खेलमा बंगलादेशलाई हराउनु अनिवार्य छ । त्यसो भएमा मात्रै नेपालले बंगलादेशसँग समान अंक साझेदार गर्न सक्छ । त्यसमा पनि, यस्तोमा च्याम्पियन बन्नका लागि गोल अन्तर निर्णायक हुनेछ ।

हालसम्म पाँच खेलमा नेपालले कुल ३० गोल गर्दा बंगलादेशले भने जम्मा २४ गोल मात्रै गरेको छ । दुवै टीमले समान ४ गोल खाएका छन् । नेपाल र बंगलादेशबीच ‘हेड टु हेड’ मा बंगलादेशले पहिलो खेल ३–२ ले जितेको थियो ।

अहिलेसम्म बंगलादेश ‘हेड टु हेड’ मा पनि अघि छ र ‘हेड टु हेड’ गोल अन्तरमा पनि उ एक गोलले अघि रहेको छ । तर, आज जित्नै पर्ने दवावका बीच नेपाली महिला फुटबलर मैदानमा उत्रदैँछन् ।

images
प्रकाशित मिति :श्रावण ५, २०८२ सोमवार - १२:१७:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology