उमेश सिंह धामी, दार्चुला, १७ फागुन । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मा रहेको मालिकार्जुन मन्दीरका मुखिया एवं वडा नम्बर ३ का वडा अध्यक्ष रुद्रे सिंह धामीको मृत्यु भएको छ । उहाँको आज विहान मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मडमा आफ्नै घरमा मृत्यु भएको मालिकार्जुन मन्दीर व्यवस्थापन समितिका सचिव जनक सिंह धामीले जानकारी दिनुभयो ।
मालिकार्जुन मन्दीर व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका ७८ बर्षिया उहाँको विहाँन ६ बजे तिर मृत्यु भएको उहाँले बताउनुभयो । धामीको निधन प्रति जनप्रतिनिधि हरुले दुःख व्यक्त गरेका छन् ।