Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

२ वर्ष देखि अवरुद्ध जामाखोला लघु जलविद्युत आयोजना सुरु 

२ वर्ष देखि अवरुद्ध जामाखोला लघु जलविद्युत आयोजना सुरु 

images

इच्छाकामना न्युज

१७, फाल्गुण २०७७
२ वर्ष देखि अवरुद्ध जामाखोला लघु जलविद्युत आयोजना सुरु 
images

रुकुम पश्चिम, १७ फागुन ।  रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ८ को धपेमा रहेको जामाखोला लघु जलविद्युत आयोजना लामो समय पछि पुनः संचालनमा आएको छ । साढे २ वर्ष अघि देखी बन्द अवस्थामा रहेको आयोजना आजबाट पुनः सञ्चालनमा आएको हो । 
२०७२ माघ २६ गते निर्माण भएको यो आयोजना त्यसको ४ वर्ष पछि ७५ असोज ३० गते आएको पहिरोले क्षेति गरेपछि बन्द भएको थियो । ९० किलोवाट क्षमताको यो आयोजनाबाट सिस्ने गाउँपालिका वडा नम्बर ७ र ८ तथा रुकुम पश्चिमको मुसीकोट नगरपालिका १ छिङका गरी ९ सय २६ घरमा विद्युत पुगेको थियो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको २ करोड १३ लाख र स्थानीयको श्रमदान गरी झन्डै ४ करोड रुपैयाँको लगानीमा सुरुमा आयोजना निर्माण भयको थियो । हाल भने विग्रिएको आयोजना करिब आधा करोडको लागतमा पुनर्निर्माण गरिएको हो । 
प्रतिनिधिसभा सदस्य कमला रोकाको पूर्वाधार क्षेत्र विकास कार्यक्रमबाट आएको ४९ लाख ९७ हजार १ सय ७२ रुपैयामा क्षतिग्रस्त विद्युत आयोजनाको पुर्ननिर्माण भएपछि पुनः घर घरमा बत्ति बलेको विद्युत उपभोक्ता समितिका अध्यक्ष बिर्खबहादुर बुढाले जानकारी दिनुभयो ।लामो समय पछि बत्ति बाल्न पाएपछि उपभोक्ताहरु हर्षित भएका छन् । आईतबार विद्युत गृहमा बत्ति बालिएकामा आज उपभोक्ताहरुको घर घरमा विद्युत वितरण गरिएको उपभोक्ता समितिले जनाएको छ । 

images
प्रकाशित मिति :फाल्गुण १७, २०७७ सोमवार - १८:४७:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology