आँबुखैरेनी, असार ३२ । तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका–४ स्थित पृथ्वी राजमार्गमा चेकजाँचको क्रममा प्रहरीले एक जनालाई नियन्त्रित लागुऔषधसहित पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय आँबुखैरेनीका अनुसार आज बिहान गरिएको नियमित चेकजाँचका क्रममा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सरावल गाउँपालिका–६ निवासी ३१ वर्षीय सन्दिप केवटलाई लागुऔषधसहित पक्राउ गरिएको हो।
प्रहरीले केवटका साथबाट कालो झोलाभित्र लुकाइ ल्याइएको Diazepam, Phenergan र Buprenorphine गरी जम्मा ३०० एम्पुल नियन्त्रित औषध बरामद गरेको जनाएको छ।
पक्राउ परेका केवटमाथि लागु औषध सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक टेक प्रसाद सुवेदीले जानकारी दिनुभयो।