Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

नेपाली कांग्रेसको भातृ संगठन तमू संघ चितवनको अध्यक्षमा किशोर गुरूङ चयन

नेपाली कांग्रेसको भातृ संगठन तमू संघ चितवनको अध्यक्षमा किशोर गुरूङ चयन

इच्छाकामना न्युज

२९, आषाढ २०८२
नेपाली कांग्रेसको भातृ संगठन तमू संघ चितवनको अध्यक्षमा किशोर गुरूङ चयन
images

नारायणघाट । नेपाली कांग्रेसको भातृ संगठन तमू (गुरूङ) संघ नेपाल, चितवनको अध्यक्षमा किशोर गुरूङ चयन भएका छन् । शनिबार नारायणघाटमा भएको पहिलो जिल्ला अधिवेशनले गुरूङको नेतृत्वमा १४ सदस्यीय कार्यसमिति सर्वसम्मतरुपमा चयन गरेको हो।

images
images

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा चितवनका अग्रज नेता टेकप्रसाद गुरूङको विशेष उपस्थितिमा चयन गरिएको नयाँ कार्यसमितिको उपाध्यक्षमा लेखबहादुर गुरूङ, सचिवमा नीरकुमार गुरूङ र सहसचिवमा विशु लामा गुरूङलाई चयन गरिएको हो। सदस्यहरुमा भने हर्कसिंह गुरूङ, हेमजङ गुरूङ, ईन्दु गुरूङ, दिलबहादुर गुरूङ, गोमा गुरूङ, विनोदजङ्ग गुरूङ, बालकुमारी गुरूङ, विमला गुरूङ, दुर्गा गुरूङ र साबित्री गुरूङ चयन भएका छन्।

तमू संघको प्रथम जिल्ला अधिवेशनकै अवसर पारेर विभिन्न पालिकाहरुमा गुरूङ समुदायबाट निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान समेत गरिएको छ। भरतपुर २९ का वडाअध्यक्ष सूर्यबहादुर गुरूङ र खैरहनी नगरपालिका वडा नं. ३ का अध्यक्ष पूर्णबहादुर गुरूङलाई फेटा लगाएर सम्मान गरिएको थियो।

कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य देवेन्द्रबहादुर गुरूङ, बागमती प्रदेश सभा सदस्य गीता गुरूङ, बागमती प्रदेशका पूर्वमन्त्री उत्तम जोशी, भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, इच्छाकामना गाउँपालिकाकी निवर्तमान अध्यक्ष गीता गुरूङ, नेपाली कांग्रेस चितवनका पूर्वसभापति तोपमान गुरूङ, निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, वर्तमान सभापति राजेश्वर खनाल, तमू (गुरूङ) संघ नेपालका केन्द्रीय अध्यक्ष भुवनसिंह गुरूङ, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महांसघका केन्द्रीय सदस्य महेन्द्र थापालगायत सहभागी थिए।

images
प्रकाशित मिति :आषाढ २९, २०८२ आइतवार - २२:५५:३८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology