Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

गणेशमान सिंह स्मृति बक्सिङ प्रतियोगिता सुरु हुँदै 

गणेशमान सिंह स्मृति बक्सिङ प्रतियोगिता सुरु हुँदै 

images

इच्छाकामना न्युज

१७, फाल्गुण २०७७
गणेशमान सिंह स्मृति बक्सिङ प्रतियोगिता सुरु हुँदै 
images

काठमाण्डौ, १७ फागुन । वीर गणेशमान सिंह स्मृति बागमती प्रदेश स्तरीय बक्सिङ प्रतियोगिता आजदेखिसुरु हुँदैछ । पर्सिदेखि सुरु हुने भनिएको प्रतियोगिता खेलाडीहरुको उत्साहजनक सहभागिताका कारण दुई दिन अगाडिबाटै सुरु गर्न लागिएको आयोजक नागार्जुन बक्सिङ खेलकुद समितिले जनाएको छ । 
काठमाडौंमा सुरु हुन लागेको प्रतियोगितको औपचारिक उद्घाटन भने पर्सि मात्रै गरिने अध्यक्ष सन्तोष बुढाथोकीले जानकारी दिनुभयो । १ सय ७३ जना खेलाडीको सहभागिता रहने प्रतियोगितामा पुरुषतर्फ ८ र महिला तर्फ ६ गरी १४ तौलसमूहमा प्रतिस्पर्धा हुने उहाँले बताउनुभयो । 
प्रतियोगिताका हरेक तौल समूहका विजेताले नगद १० हजार रुपैयाँ पाउनेछन् । दोस्रो हुनेले ७ हजार र तेस्रो हुने दुई जना खेलाडीले जनही ४ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

images
प्रकाशित मिति :फाल्गुण १७, २०७७ सोमवार - १०:५०:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology