Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

केरुङ्ग नाका आजबाट पुनःसञ्चालनमा आउँदै 

केरुङ्ग नाका आजबाट पुनःसञ्चालनमा आउँदै 

images

सिआईएन

१७, फाल्गुण २०७७
केरुङ्ग नाका आजबाट पुनःसञ्चालनमा आउँदै 
images

सिरीमाया तामाङ, रसुवा, १७ फागुन । रसुवास्थित चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक केरुङ्ग नाका आजबाट पुनःसञ्चालनमा आउने भएको छ । ल्होसारदेखि बन्द रहेको केरुङ्ग नाका चीनमा वसन्त उत्सव समाप्त भएसँगै आजदेखि खुल्न लागेको हो । 
सरकारले सीमा नाका खुलाउन चीनसँग गरेको प्रभावकारी कूटनीतिक प्रयासको परिणामस्वरुप उक्त नाका पुनःसञ्चालनमा आउन लागेको हो । रसुवा जिल्ला कोरोनामुक्त भइसकेको र भन्सार कार्यालय, सुरक्षा निकाय, ट्रक चालक र श्रमिकले कोरोनाविरुद्धको खोप लगाइसकेपछि आजदेखि नै नाका खोल्न चिनियाँ पक्ष सहमत भएको छ । नाकामा स्वास्थ्य जोखिम नरहेको विषयमा विश्वस्त पार्न परराष्ट्र मन्त्रालय र ल्हासास्थित महावाणिज्य दूतावासले निक्कै मेहनत गर्नुपरेको थियो । 
केरुङ्ग नाका नखुल्दा आयात–निर्यात ठप्प भएको छ । कोभिड–१९ ले थिलथिलो पारेको मुलुकको अर्थतन्त्रलाई अझ कमजोर पारेको छ । केरुङ नाकाबाट दैनिक दुई करोडभन्दा बढी राजस्व सङ्कलन भइरहेको थियो । 

images
प्रकाशित मिति :फाल्गुण १७, २०७७ सोमवार - १०:४४:२० बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology