Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

विवाद निस्किए पनि टिम एक भएर खेल्यौं, कप्तान चयन गर्ने विषय आन्तरिक होः सावित्रा भण्डारी

विवाद निस्किए पनि टिम एक भएर खेल्यौं, कप्तान चयन गर्ने विषय आन्तरिक होः सावित्रा भण्डारी

इच्छाकामना न्युज

२३, आषाढ २०८२
विवाद निस्किए पनि टिम एक भएर खेल्यौं, कप्तान चयन गर्ने विषय आन्तरिक होः सावित्रा भण्डारी
images

काठमाडाैँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले उज्वेकिस्तानमा भएको एएफसी महिला एशियन कप छनोटमा सफल नभए पनि धेरै सकारात्मक उर्जा लिएर फर्किएको बताइन् । 

images
images

छनोटको समूह ‘एफ’ को निर्णाायक तथा अन्तिम खेलमा घरेलु टोली उज्बेकिस्तानसँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित हुँदा नेपाली टोली सन् १९९९ पछि एशियन कप खेल्ने अवसरबाट वञ्चित भएको थियो । यसपल्ट नेपाली टोलीलाई एसियन कप खेल्नसक्ने दाबेदारका रूपमा हेरिए पनि पेनाल्टी सुटआउट पराजित हुँदा सफलता पाउन भने सकेन ।

 

यद्यपि यसै छनोटको पूर्वसन्ध्यामा कप्तान नियुक्त भएकी सावित्राले असफलता मिले पनि धेरे सकरात्मक उर्जा लिएर फर्किएको बताएकी छन् । सुरुमा उज्वेकिस्तानको वातावरणमा भिज्न गाह्रो भएको उनको भनाइ छ । हरेक एक खेलमा ध्यान दिएर र प्रशिक्षकको रणनीति अनुरूप खेलेको कप्तान सावित्रा बताउँछिन् ।

उनले टोलीमा तीन जना डिफेन्डर खेलाएर पनि आक्रामक फुटबल खेल्न सफल भएको भन्दै टोलीको बचाउ गरेकी थिइन् । कप्तान सावित्राले शुरुमा तीन गोल खाएर पनि खेलमा फर्कन सफल हुनु सहज नभएको उल्लेख गरेकी छन् । समग्रमा आफूभन्दा माथिल्लो स्तरको टोलीसँग राम्रो खेलेको र आफ्नो सकारात्मक उर्जा लिएर फर्किएको उनको विश्वास छ । आफूहरूको प्रदर्शनबाट त्यहाँ उपस्थित सबै समर्थकले पनि प्रशंसा गरेको उनी बताउँछिन् ।

उनले यो प्रतियोगिता आफूहरूका लागि ठूलो अवसर रहे पनि त्यसलाई सही तरिकाले सदुपयोग गर्न नसकेको बताइन् । छनोटको अन्तिम खेलमा ५०/५० को अवसर रहे पनि त्यसमा सफल हुन नसकेको उनको बुझाइ छ । यसले गर्दा भविष्यमा पिरोल्ने उनी बताउँछिन् । 

खेलको सुरुआतमै गोल बेहोरेपछि समालिन गाह्रो भएको उनको बुझाइ छ । त्यसमा पनि अर्को गोल बेहोरेपछि थप कठिन स्थिति बने पनि कोचिङ स्टाफको उत्साहले खेलमा फर्किएको कप्तान सावित्रा बताउँछिन् । दोस्रो हाफ प्रशिक्षक प्याट्रिक डे वाइल्डले खेलमा फर्कन सक्छौं भनेर उत्साह दिएर टोलीलाई प्रोत्साहित गरिरहेको उनको भनाइ छ । 

छनोटको उक्त खेलमा नेपाल पहिलो हाफमा नै ३–१ गोलले पछि परेको थियो । तर, पहिलो हाफको थप समयमा उज्बेकिस्तानको एक खेलाडीले रातो कार्ड पाउँदा नेपालीका लागि केही सहज पनि भयो । दुई गोल फर्काउँदै नेपालले ३–३ को बराबरीमा ल्यायो ।

निर्धारित समयमा खेल बराबरी भएपछि प्रतियोगिताको नियमअनुरूप सीधै पेनाल्टीतर्फ धकेलिएको थियो । तर पेनाल्टी प्रहारमा कप्तान सावित्रा भण्डारी र गोलकिपर अञ्जना रानामगर सफल नभएपछि नेपाली टोलीले ४–२ को हार सामना ग¥यो । यससँगै नेपालले आगामी वर्ष अस्ट्रेलियामा हुने एशियन कपमा छनोट हुने तेस्रो दक्षिण एसियाली राष्ट्र बन्ने अवसर पनि गुमायो । दक्षिण एसियाबाट बंगलादेश र भारत छनोट हुन सफल भए ।   

यसै छनोटको अगाडि प्रशिक्षक प्याट्रिक डे वाइल्डले नियमित कप्तान र गोलकिपर अन्जिला तुम्बापो सुब्बालाई दुवै जिम्मेवारीबाट बाहिर राखे । प्याट्रिकले कप्तानमा सावित्रालाई र गोलकिपरमा अञ्जनालाई जिम्मेवारी दिए । एन्फाले नै कप्तानमा शुरुमा रेनुका नगरकोटीको नाम सार्वजनिक गरेको थियो । तर पछि सावित्रालाई कप्तानी दिइएको भन्दै एन्फाले नै नाम परिवर्तन ग¥यो । कप्तान कसलाई बनाउने भन्ने विषयमा विवाद हुँदा त्यो घटना सार्वजनिक भएको थियो । सावित्राले कप्तान चयन गर्ने विषयमा केही चुनौतीपूर्ण रहेको र विवाद भएको स्वीकार गरिन् ।

त्यसले गर्दा केही दिन आफू सुत्न पनि नसकेको उनको भनाइ छ । यसले आफूलाई छुट्टै किसिमको दबाब भएपनि टोलीका सहकर्मीले सहयोग गरेको उनी बताउँछिन् ।

उनले कप्तान बनाउने विषय टोलीभित्रको आन्तरिक कुरा रहेको पनि बताइन् । तर पनि विवाद निस्किएको र यो हुनु सही नभएको उनको बताउँछिन् । यस्तो स्थितिमा पनि टिम एक भएर खेलेको उनको विश्वास छ । आगामी दिनमा यस्तो विवाद नआओस् भन्ने उनको आग्रह छ । सावित्राले प्लेइङ एलाभेन होस् या बाहिरका खेलाडी सबै कप्तान कप्तान जस्तै भएर खेल्ने पनि बताएकी छन् । सबैजना कप्तान र लिडर बन्ने क्षमता रहेको पनि उनको बुझाइ छ ।

साथै उनले कप्तानको जिम्मेवारी पाउँदा खुशीसँगै केही दबाब पनि महशुस गरेको बताइन् । यस छनोटमा नेपालले विपक्षीको पोस्टमा कुल २० गोल गरेको थियो । त्यसमध्ये सावित्रा एक्लैले ९ गोल गरेकी थिइन् । तर, पेनाल्टी सुटआउटमा भने असफल हुँदा ४१ वर्षे महिला फुटबलको इतिहास बोकेको नेपाली टोली सुन्दर सपना बुन्नबाट भने वञ्चित रह्यो ।

images
प्रकाशित मिति :आषाढ २३, २०८२ सोमवार - १४:३५:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology