Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ३४ पैसा, अन्य मुलुकको मुद्राको विनिमयदर कति ?

अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ३४ पैसा, अन्य मुलुकको मुद्राको विनिमयदर कति ?

images

इच्छाकामना न्युज

२३, आषाढ २०८२
अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ३४ पैसा, अन्य मुलुकको मुद्राको विनिमयदर कति ?
images

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । 
जसअनुसार,आज अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ३४ पैसा र बिक्री दर १३६ रुपियाँ ९४ पैसा निर्धारण गरिएको छ ।

यस्तैगरी राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ३७ पैसा र बिक्रीदर १७ रुपियाँ ४४ पैसा, कुवेती दिनार एकको खरिददर ४४७ रुपियाँ १६ पैसा र बिक्रीदर ४४९ रुपियाँ १३ पैसा, बहराइन दिनार एकको खरिददर ४ रुपियाँ ५९ पैसा र विक्रीदर ३५६ रुपियाँ १५ पैसा,भारतीय रुपियाँ एक सयको खरिददर ३६१ रुपियाँ ६४ पैसा र बिक्रीदर ३६३ रुपियाँ २४ पैसा, ओमनी रियाल एकको खरिददर ३५१६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । 

युरोपियन युरो एकको खरिददर १६० रुपियाँ ५९ पैसा र बिक्रीदर १६१ रुपियाँ ३० पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८६ रुपियाँ १५ पैसा र बिक्रीदर १८६ रुपियाँ ९७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपियाँ ७० पैसा र बिक्रीदर १७२ रुपियाँ ४६ पैसा तोकिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ ३४ पैसा र बिक्रीदर ८९ रुपियाँ ७४ पैसा , क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ २२ पैसा र बिक्रीदर १०० रुपियाँ ६७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपियाँ ९८ पैसा र बिक्रीदर १०७ रुपियाँ ४५ पैसा,जापानी येन १० को खरिददर नौ रुपियाँ ४३ पैसा र बिक्रीदर नौ रुपियाँ ४७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ०३ पैसा र बिक्रीदर १९ रुपियाँ ११ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ३६ पैसा र बिक्रीदर ३६ रुपियाँ ५२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ३० पैसा र बिक्रीदर ३७ रुपियाँ ४७ पैसा कायम भएको छ ।

यस्तै,केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ २१ पैसा र बिक्रीदर चार रुपियाँ २३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ १२ पैसा र बिक्रीदर ३७ रुपियाँ २८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ ३० पैसा र बिक्रीदर ३२ रुपियाँ ४४ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ०१ पैसा र बिक्रीदर १० रुपियाँ ०५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ २६ पैसा र बिक्रीदर १४ रुपियाँ ३२ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ५२ पैसा र बिक्रीदर २१ रुपियाँ ६२ पैसा निर्धारण भएको छ ।

images
प्रकाशित मिति :आषाढ २३, २०८२ सोमवार - ०९:०२:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology