Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

आँबुखैरेनीका १२ सामुदायिक विद्यालयलाई १५ सेट कम्प्युटर सहयोग

आँबुखैरेनीका १२ सामुदायिक विद्यालयलाई १५ सेट कम्प्युटर सहयोग

इच्छाकामना न्युज

२१, आषाढ २०८२
आँबुखैरेनीका १२ सामुदायिक विद्यालयलाई १५ सेट कम्प्युटर सहयोग
images
आँबुखैरेनी (तनहुँ), । नेपाल विद्युत प्राधिकरण अन्तर्गत मर्स्याङ्दी कोरिडोर २२० केभी प्रसारण लाइन आयोजनाले आँबुखैरेनी गाउँपालिकाका १२ विद्यालयलाई १५ वटा कम्प्युटर सेट हस्तान्तरण गरेको छ।
गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रम गाउँपालिका अध्यक्ष शुक्र चुमानको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा उपाध्यक्ष दुर्गा अर्याल, प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद शर्मा, सबै वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू, प्रधानाध्यापक तथा शिक्षकहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा आयोजनाका सहायक प्रबन्धक कमलराज चुके, स्टोर शाखा प्रमुख सुभाष अधिकारी, सहायक इन्जिनियर हस्तबहादुर देवकोटा र वातावरण संरक्षण अधिकृत अन्नत पौडेलको टोलीले कम्प्युटर हस्तान्तरण गरेका थिए।
कम्प्युटर सहयोग प्राप्त विद्यालयहरूमा विकास ज्योति आधारभूत विधालय., अरुणोदय आधारभूत विधालय, पञ्चकन्या आधारभूत विधालय, जलदेवी आधारभूत विधालय, अन्नपूर्ण आधारभूत विधालय, जम्मादेवी आधारभूत विधालय, आँबु आधारभूत विधालय, सयपत्री आधारभूत विधालय, चण्डेश्वरी आधारभूत विधालय, अकला आधारभूत विधालय, छिम्केश्वरी मा.वि. र रामशाह मा.वि. रहेका छन्।
कम्प्युटर हस्तान्तरण कार्यक्रममा गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख निर्मला कुँवरले भन्नुभयो, “यस सहयोगले विद्यालयमा प्रविधिमैत्री शिक्षाको सुरुवात गर्न सहयोग पुर्याउनेछ र विद्यार्थीहरूको सिकाइ प्रक्रियामा सहजता आउने विश्वास लिएको छ।”

images
प्रकाशित मिति :आषाढ २१, २०८२ शनिवार - ०९:१७:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology