Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

स्वास्थ्य दर्पण टेलिभिजन टक शोको नवौँ वार्षिकोत्सव सम्पन्न, चिकित्सक र पत्रकार सम्मानित

स्वास्थ्य दर्पण टेलिभिजन टक शोको नवौँ वार्षिकोत्सव सम्पन्न, चिकित्सक र पत्रकार सम्मानित

images

इच्छाकामना न्युज

१६, फाल्गुण २०७७
स्वास्थ्य दर्पण टेलिभिजन टक शोको नवौँ वार्षिकोत्सव सम्पन्न, चिकित्सक र पत्रकार सम्मानित
images

काठमाण्डौ, १६ फागुन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशको राजनीति ठीक नभई अरु क्षेत्र नसुध्रने भएकाले राजनीतिलाई सही मार्गमा डोर्याउन जनताको साथ हुनुपर्ने बताएका छन् ।
स्वास्थ्य दर्पण टेलिभिजन टक शोको नवौँ वार्षिकोत्सवको अवसरमा आज राजधानीमा आयोजित चिकित्सक एवं सञ्चारकर्मीको सम्मान र ‘स्वास्थ्य दर्पण विशेष–४’ विमोचन समारोहलाई सम्बोधन गर्दै उनले आर्थिक परिवर्तन नभई राजनीतिक परिवर्तनले स्थिरता नपाउने बताए ।
‘स्थिरता र समृद्धिको जति भाषण गरे पनि तीन वर्षमा उल्लेख्य काम हुन सकेन, यो बीचमा ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदनमा नेपाल बढी भ्रष्टाचार हुने देशमा सूचीकृत भयो’, पूर्व उपप्रधानमन्त्री समेत रहिसकेका नेता सिंहले भने ।
पूर्व सांसद रामहरि खतिवडाले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेर संविधानको बाटोमा हिँडाएपछि ढिलो–छिटो जनमतमै जानुपर्ने बताए । गण्डकी प्रदेशसभा सदस्य विष्णुप्रसाद लामिछानेले शिक्षा र स्वास्थ्यजस्ता मौलिक हकका विषयमा राज्यले सबै जिम्मेवारी लिनुपर्ने बताए । चिकित्सकले ढुक्कसँग काम गर्ने वातावरण सरकारले बनाउनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा नेपाल चिकित्सक संघका अध्यक्ष डा। लोचन कार्कीले स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीले निर्धक्कसँग काम गर्ने अवस्था अझै हुन नसकेको बताए । शहीद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्रका पूर्व निर्देशक प्रा। डा। पुकारचन्द्र श्रेष्ठले चिकित्सकले रातदिन दुःख गरे पनि जस पाउने अवस्था नरहेको बताए ।
नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने काला कानून अझै संसदीय समितिमा विचाराधीन रहेकाले त्यसविरुद्ध सञ्चारकर्मी एकजुट हुनुपर्ने बताए । कोभिडका कारण पेशाबाट विस्थापित भएका पत्रकारलाई पुनः काम गर्ने वातावरण बनाउन राज्यले पनि सहयोग गर्नुपर्ने उनको माग थियो ।
चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्जका डिन डा। दिव्या सिंहले आधारभूत आवश्यकता पूरा गर्न पनि चिकित्सकको शुल्क समायोजन हुनुपर्ने बताइन् । कलेज अफ मास कम्युनिकेसन एण्ड जर्नालिज्मका प्राचार्य डा। मञ्जु मिश्रले स्वास्थ्यकर्मीको सुरक्षाका लागि कानून बनाउन आवश्यक रहेको बताइन् ।
कार्यक्रममा स्वास्थ्य दर्पण मीडिया नेटवर्क प्रा लि का अध्यक्ष सन्दीपकुमार श्रेष्ठले झापाबाट कर्णालीसम्मका ७०० जना चिकित्सा क्षेत्रका व्यक्तित्वलाई हालसम्म सम्मान गरिएको बताए ।
सो अवसरमा मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले, डा.इश्वरी लौडारी, स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष रामप्रसाद न्यौपाने, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष डण्ड गुरुङ, नेवाः पत्रकार राष्ट्रि दबुका अध्यक्ष सुरजवीर बज्राचार्य, नेपाल टेलिभिजनका पत्रकार गजुरधन राई, गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषद्का उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठलगायतले चिकित्सकलाई सुरक्षाका लागि कानून निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।

चिकित्सक र पत्रकार सम्मानित
स्वास्थ्य क्षेत्रमा योगदान दिएवापत प्रदेश १ बाट वरिष्ठ न्यूरोलोजिष्ट डा. वीरेन्द्रकुमार विष्ट, प्रदेश २ बाट स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.लक्ष्मी थापा, वाग्मती प्रदेशबाट वरिष्ठ रेडियोलोजिष्ट डा.पशुपति रेग्मी र वरिष्ठ अर्थोपेडिक सर्जन डा. सुदीपमान वैद्य, गण्डकी प्रदेशबाट वरिष्ठ फिजिसियन डा.वसन्तकुमार ताम्राकार, लुम्बिनी प्रदेशबाट वरिष्ठ अर्थोपेडिक सर्जन डा.प्रकाशबहादुर थापा, कर्णाली प्रदेशबाट वरिष्ठ रेडियोलोजिष्ट डा. रविन खड्का र सुदूरपश्चिम प्रदेशबाट वरिष्ठ स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. खगेन्द्रराज भट्ट, स्वास्थ्यकर्मी कमल नारायण श्रेष्ठ,  हरिकुमार शाही ,यसैगरी युवा चिकित्सक मुटुरोग विशेषज्ञ डा. शंकर लौडारी, फिजिसियन डा. निरजकुमार सिंह, जनरल ल्याप्रोस्कोपीक सर्जन डा.
 सूर्यज्योति श्रेष्ठ  त्यसैगरी, विदेशी नागरीक डा.मेड रूथ गोन्सेट लाई अवार्ड गरिएको थियो। डा .रूथ वरिष्ठ छालारोग विशेषज्ञ तथा स्विट्जरल्याण्डकी पूर्वसांसद समेत हुन् ।
कोभिड–१९ व्यवस्थापनमा उल्लेखनीय काम गरेका लुम्बिनी प्रदेश बाँके जिल्लाको खजुरा गाउँपालिका र वाग्मती प्रदेश चितवन जिल्लाको इच्छाकामना गाउँपालिकालाई पनि सो अवसरमा संस्थागत सम्मान गरिएको थियो ।
कार्यक्रममा स्वास्थ्य पत्रकारितामा उल्लेखनीय योगदान गर्ने पोखरा टेलिभिजनका सुरज श्रेष्ठ, नेपाल समाचारपत्रका भगवती तिमल्सिना, रेडियो सगरमाथाकी सम्झना महर्जन, गोरखापत्र दैनिकका सरोज ढुङ्गेल, अन्नपूर्ण पोष्ट दैनिकका दिनेश गौतम, इ–कान्तिपुर डटकमका बुनु थारू र हेल्थन्यूज डटकमका नमराज भट्टलाई पनि सम्मान गरिएको थियो ।

images
प्रकाशित मिति :फाल्गुण १६, २०७७ आइतवार - २२:२६:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology