Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

शिक्षकहरूको जिल्लान्तर सरूवा हुन मिल्ने बाटो खुल्यो 

शिक्षकहरूको जिल्लान्तर सरूवा हुन मिल्ने बाटो खुल्यो 

images

इच्छाकामना न्युज

१६, फाल्गुण २०७७
शिक्षकहरूको जिल्लान्तर सरूवा हुन मिल्ने बाटो खुल्यो 
images

काठमाण्डौ, १६ फागुन । गत पुस २० गतेदेखि रोकिएको शिक्षकहरूको जिल्लान्तर सरूवा शर्तसहित खुल्ला भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ६ वटा शर्त राखेर जिल्लान्तर सरुवा खुल्ला गरेको हो । 
जिल्लान्तर सरूवा हुने स्थानीय तह तथा जिल्लाभित्रकै एक स्थानीय तहबाट अर्को स्थानीय तहमा सरूवा गर्दा सम्बन्धित स्थानीय तहले दरबन्दी मिलानको कार्य सम्पन्न गरेको प्रतिवेदन प्राप्त भएपछि मात्र सरूवा गर्न सक्ने उल्लेख छ । 
दरबन्दी मिलान सम्पन्न नगरेको स्थानीय तहहरुमा जिल्लान्तर तथा अन्तर स्थानीय तह सरुवा गर्न नपाइने केन्द्रका सूचना अधिकारी माधवप्रसाद दाहालले जानकारी दिनुभयो । स्थायी पदपुर्तिको लागि शिक्षक सेवा आयोगमा सिफारिस गरिएको पदमा जिल्लान्तर तथा अन्तर स्थानीय तह सरुवा गरी पदपुर्ति गर्न नपाइने उहाँको भनाइ छ । 
केन्द्रले आज सबै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइलाई पत्राचार गरी जिल्लान्तर सरुवा भइ आउने शिक्षकहरुको विवरण पाक्षिक रुपमा केन्द्रमा अनिवार्य पठाउन निर्देशन दिएको छ । 

images
प्रकाशित मिति :फाल्गुण १६, २०७७ आइतवार - २१:५७:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology