Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

एएफसी महिला एसियन कप छनोटमा नेपालले आज श्रीलंकासँग खेल्दै

एएफसी महिला एसियन कप छनोटमा नेपालले आज श्रीलंकासँग खेल्दै

इच्छाकामना न्युज

१८, आषाढ २०८२
एएफसी महिला एसियन कप छनोटमा नेपालले आज श्रीलंकासँग खेल्दै
images

काठमाडौँ । उज्बेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोटको समूह एफको दोस्रो खेलमा नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ ।

images
images

तास्केन्तस्थित बुनयोदकोर स्टेडियममा आज साँझ सवा ६ बजे खेल सुरुहुने छ ।

नेपालले आफ्नो पहिलो खेलमा लाओसमाथि ९–० को शानदार जित हासिल गरेको थियो । उक्त खेल नेपालको १००औं अन्तर्राष्ट्रिय खेल थियो, जहाँ नयाँ कप्तान सावित्रा भण्डारी साम्बाले चार गोल गरेकी थिइन् । सोही खेलबाट मुख्य प्रशिक्षक प्याट्रिक डि वाइल्डले पनि सिनियर राष्ट्रिय टोलीमा डेब्यू पनि गरेका थिए ।

पहिलो खेलमा नेपालले नियमित गोलकिपर एन्जिला तुम्बापो सुब्बालाई बेन्चमा राख्दै अन्जना राना मगरलाई अवसर दिएको थियो भने सरस्वती हमालले पहिलो रोजाइमा डेब्यू गरेकी थिइन् । प्रीति राई, रेखा पौडेल र पूजा राना जस्ता खेलाडीहरू दोस्रो हाफमा मात्र मैदान प्रवेश गरेका थिए ।  

नेपालले श्रीलंकाविरुद्ध हालसम्म खेलेका आठवटै खेलमा जित हासिल गरेको छ । फिफा वरीयतामा नेपाल १००औं र श्रीलंका १५९औं स्थानमा छन् ।

समूह एफमा नेपाल, उज्बेकिस्तान, लाओस र श्रीलंका छन् । उज्बेकिस्तानले पहिलो खेलमा श्रीलंकालाई १०–० ले हराएको थियो । फिफा वरीयतामा ५१औं स्थानमा रहेको उज्बेकिस्तान समूहको सबैभन्दा बलियो टोली मानिन्छ । नेपालले हालसम्म उज्बेकिस्तानलाई पराजित गर्न सकेको छैन ।

images
प्रकाशित मिति :आषाढ १८, २०८२ बुधवार - ०९:२५:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology