धादिङ, १६ फागुन । धादिङको रुवीभ्याली गाउँपालिकाले ६ करोडको लागतमा नयाँ प्रशासकीय भवन बनाउने भएको छ। नयाँ बन्ने भवनको आईतबार गाउँपालिकाका अध्यक्ष चेरोङ तामाङ र उपाध्यक्ष बिना लामाले संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो।
६ करोड रुपैयाँको लागतमा २६ कोठाको बैंकको काउण्टर, न्यायीक इजलास सहितको भवन निर्माण हुने प्रमुख प्रशासकीय अधिकृत टंक बहादुर नेगाीले जानकारी दिनुभयो। रुवीभ्याली गाउँपालिका वडा नम्बर ४ बोराङमा निर्माण हुने उक्त भवन निर्माणको ठेक्का ड्रागन जेभी धादिङबेसीले पाएको छ।