Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चितवनको इच्छाकामना गाउँपालिका कोरोना संक्रमणबाट मुक्त

चितवनको इच्छाकामना गाउँपालिका कोरोना संक्रमणबाट मुक्त

इच्छाकामना न्युज

१६, फाल्गुण २०७७
चितवनको इच्छाकामना गाउँपालिका कोरोना संक्रमणबाट मुक्त
images

चितवन, १६ फागुन । पछिल्लो समय चितवनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या न्यून अवस्थामा पुगेको छ ।

images
images

स्वास्थ्य कार्यालय चितवनका अनुसार आज (आइतबार) साँझ ५ बजेसम्ममा जिल्लामा कुल संक्रमितको संख्या ७३ रहेको छ । यो संख्या निरन्तर ओरालो लाग्ने क्रममा छ । हाल सबैभन्दा धेरै संक्रमित भरतपुर महानगरपालिकाका छन् । यहाँ कुल संक्रमितको संख्या ६२ रहेको छ । जसमध्ये ५४ जना होम आइसोलेसनमा छन् भने ८ जना अस्पतालको आइसोलेसनमा छन् ।

यस्तै माडी नगरपालिकामा ४ जना संक्रमित छन् । उनीहरु सबै होम आइसोलेसनमा छन् । खैरहनी नगरपालिकामा ३ जना संक्रमित छन् । उनीहरु पनि होम आइसोलेसनमा छन् । यस्तै राप्ती नगरपालिकामा २, रत्ननगर र कालिका नगरपालिकामा एक÷एक जना संक्रमित छन् । उनीहरु सबै होमआइसोलेसनमै छन् ।

जिल्लाको एकमात्र गाउँपालिका इच्छाकामना भने कोरोना संक्रमणमुक्त भएको छ । य गाउँपालिकामा ३९ जना संक्रमणमुक्त भएका छन् । कोरोनाबाट यस गाउँपालिकामा एक जनाले मात्रै ज्यान गुमाएका छन् ।

६ हजार बढी निको भए

एक समय चितवनमा दैनिकजसो एक सयको हाराहारीमा कोरोना संक्रमित भेटिदै आएको थियो । अहिले पनि ह्वात्तै घटेको छ । जिल्लामा सबैभन्दा बढी संक्रमित भरतपुर महानगरपालिका भित्र नै भेटिए । स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार भरतपुरका ४ हजार ८१४ जना संक्रमित निको भएका छन् । कोरोनाबाटै यहाँ ६८ जनाले ज्यान गुमाए । भरतपुरमा कुल संक्रमितको संख्या ४ हजार ९४४ पुगेको छ । यस्तै रत्ननगर नगरपालिकामा ७७२ जना संक्रमित निको भएका छन् । यहाँका १३ जना कोरोना संक्रमणबाट ज्यान गुमाए । यहाँ कुल संक्रमितको संख्या ७८६ पुगेको छ ।

खैरहनी नगरपालिकामा ४०५, राप्ती नगरपालिकामा ३११, कालिका नगरपालिकामा १८६, माडी नगरपालिकामा १४१ संक्रमित निको भएका छन् । यस्तै इच्छाकामना गाउँपालिकाका ३९ जना संक्रमित निको भएका छन् । एक जना संक्रमितको भने मृत्यु भयो । यससंगै जिल्लाका कुल ६ हजार ६६८ जना संक्रमित निको भएका छन् । कुल संक्रमितको संख्या भने ६ हजार ८५० पुगेको छ ।

४ जना थपिए संक्रमित

चितवनमा आज (आइतबार) ४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयका अनुसार भतरपुर महानगरपालिकामा ३ र कालिका नगरपालिकामा एक जना कोरोना संक्रमित थपिएका हुन् ।

यससंगै शून्य अवस्थामा पुगेको कालिकामा फेरि संक्रमित थप भएको छ । कालिकामा हालसम्म संक्रमितको संख्या १९५ पुगेको छ ।

images
प्रकाशित मिति :फाल्गुण १६, २०७७ आइतवार - २१:२५:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology