९ असार, चितवन । वर्षायाम सुरु भएसँगै चितवन राष्ट्रिय निकुञ्जभित्र यही असार १५ गतेदेखि जिप सफारी बन्द हुने भएको छ ।
निकुञ्जले हरेक वर्ष असार १५ देखि करिब तीन महिना निकुञ्जभित्र जिप सफारी बन्द गर्दै आएको छ । गत वर्ष असार १६ गतेबाट बन्द भएको जिप सफारी असोज २४ गते फूलपातीदेखि पुनः सञ्चालनमा आएको थियो ।
गत वर्ष असोजमा बाढी आएका कारणले जिप सफारी सञ्चालन गर्न समय लागेको थियो । बर्खाको सिजन छोटो भए असोजको पहिलो साता नै र वर्षातको समय लम्बिए अवस्था हेरेर मात्रै जिप सफारी पुनः खुला गरिन्छ ।
बर्खाले बिगारेको सडक मर्मत, ढलेका रुखहरु पन्छाउने र विभिन्न पुलहरुको मर्मत पछि मात्रै जिप सफारी खुला गरिन्छ ।