Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

राम्रो व्यवहार नगरेको भन्दै श्रीमतीको हत्या

राम्रो व्यवहार नगरेको भन्दै श्रीमतीको हत्या

इच्छाकामना न्युज

९, आषाढ २०८२
राम्रो व्यवहार नगरेको भन्दै श्रीमतीको हत्या
images

पर्सा । आफ्नै श्रीमतीलाई घाँटी थिचेर हत्या गरेको अभियोगमा यहाँको जगरनाथपुर गाउँपालिका–४ का सफिराजा मियाँ पक्राउ परेका छन् । शनिबार राती श्रीमती लालबीबी खातुनको हत्या गरेको अभियोगमा उनी आइतबार पक्राउ परेका हुन् ।

images
images
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता किशोर लम्सालले मियाँलाई पक्राउ गरी आइतबार नै जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जानकारी दिए । 

“प्रहरीको प्रारम्भिक अनुसन्धानले लामो समयदेखि श्रीमान् श्रीमतीबिच बोलचाल नभएको थाहा भएको छ,’’ उनले भने, ‘‘श्रीमान् लामो समयदेखि बाहिर काम गरेर घर फर्किँदा श्रीमतीले राम्रो व्यवहार नगर्ने, वास्ता नगर्ने भन्दै रिसको आवेगमा कर्तव्य ज्यान गरेको हुनसक्ने देखिएको छ ।’’ 

images
प्रकाशित मिति :आषाढ ९, २०८२ सोमवार - ०८:४९:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology