Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

त्रिदेशीय टी-२०आई शृंखला : नेपाल र नेदरल्याण्ड्स खेल्दै

त्रिदेशीय टी-२०आई शृंखला : नेपाल र नेदरल्याण्ड्स खेल्दै

इच्छाकामना न्युज

५, आषाढ २०८२
त्रिदेशीय टी-२०आई शृंखला : नेपाल र नेदरल्याण्ड्स खेल्दै
images

काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२०आई शृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै छ । खेल ग्लासग्लोस्थित तितवूड मैदानमा बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ ।

images
images

नेपालले यसअघि भएको खेलमा नेदरल्याण्ड्ससँग तेस्रो सुपर ओभरमा पुगेर हार बेहोरेको थियो । उक्त खेल नेपालको १००औं टी-२०आई खेल पनि थियो । नेपालले त्यसपछि स्कटल्याण्डमाथि भने २ विकेटको जित निकालेको थियो । उक्त ‘लो स्कोरिङ’ खेल पनि अन्तिम ओभरको पाँचौं बलसम्मै पुगेको थियो ।

नेदरल्याण्ड्सले भने यस शृंखलामा दुई जित निकालेको छ । आइतबार भएको शृंखलाको पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डसँग ३९ रनले पराजित भएको थियो । त्यसपछि नेपाललाई तेस्रो सुपर ओभरमा हराएको थियो भने बुधबार स्कटल्याण्डलाई १७ रनले हरायो ।

नेपाल र नेदरल्याण्ड्सबीच हालसम्म भएका टी-२०आई खेलहरूमा ८ खेल नेदरल्याण्ड्सले जितेको छ भने ५ खेल नेपालले जित्दा १ खेल नतिजाविहीन छ । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत एकदिवसीय शृंखला सकिएपछि त्यही टोलीहरूको बीचमा टी-२० आई खेल भएको हो ।

images
प्रकाशित मिति :आषाढ ५, २०८२ बिहिवार - ०९:४६:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology