Logo

सोमवार, श्रावण ११ गते २०८३

images
२०८३, श्रावण ११ गते
images

आँबखैरेनी गाउँपालिकाद्वारा मास, मह र गुन्द्रुक उत्पादनमा अनुदान

आँबखैरेनी गाउँपालिकाद्वारा मास, मह र गुन्द्रुक उत्पादनमा अनुदान

इच्छाकामना न्युज

२६, जेठ २०८२
आँबखैरेनी गाउँपालिकाद्वारा मास, मह र गुन्द्रुक उत्पादनमा अनुदान

आँबखैरेनी, २६ जेष्ठ । तनहुँको आँबखैरेनी गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम अन्तर्गत स्थानीय उत्पादन प्रवर्द्धन गर्नका लागि उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन गरेको छ।

images

कार्यक्रम अन्तर्गत मास, मह र गुन्द्रुक उत्पादनमा संलग्न कृषकहरूलाई प्रति केजी २५ रुपैयाँका दरले अनुदान उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकामा सूचीकृत रहेका कृषक समूहहरूद्वारा उत्पादन गरी रिपोर्ट गरिएका परिमाणको आधारमा अनुदान रकम वितरण गरिएको हो।

उत्पादन र कार्यक्रमको प्रभावकारिता मूल्यांकन गरी अनुदान वितरण गरिएको गाउँपालिकाले स्पष्ट पारेको छ। गाउँपालिका अध्यक्ष शुक्र चुमानका अनुसार, "उक्त अनुदान कार्यक्रमले कृषकहरूमा उत्साह थपेको छ, उत्पादनमा वृद्धि भएको छ र बाँझो जमिनको उपयोग पनि हुन थालेको छ।

आगामी वर्षहरूमा यसले गाउँको समग्र कृषि प्रणालीमा सकारात्मक प्रभाव पार्ने विश्वास लिएको छ।" यस कार्यक्रमबाट स्थानीय उत्पादनमा आत्मनिर्भरता, कृषकहरूको आयवृद्धि र गाउँको समग्र समृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

images
प्रकाशित मिति :जेठ २६, २०८२ सोमवार - २२:३२:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology