Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बारालुङ बेसीमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको स्थापना

बारालुङ बेसीमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको स्थापना

इच्छाकामना न्युज

२६, जेठ २०८२
बारालुङ बेसीमा आधारभूत स्वास्थ्य सेवा केन्द्रको स्थापना
images

आँबुखैरेनी, जेठ २६ । जनताको घर–घरमा छिटो, छरितो तथा एकीकृत सेवा (शिक्षा, स्वास्थ्य, पञ्जीकरण, प्रशासनिक) पुर्‍याउने उद्देश्यले आँबुखैरेनी गाउँपालिका वडा नं ५ स्थित बारालुङ बेसीमा 'आधारभूत स्वास्थ्य सेवा केन्द्र' स्थापना गरिएको छ।

images
images

गाउँपालिका अध्यक्ष तथा स्वास्थ्य सेवा केन्द्र व्यवस्थापन समितिका संरक्षक शुक्र चुमान क्षेत्रीले सो आधारभूत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गर्नुभएको हो ।

वडा नं ५ का अध्यक्ष सन्तोष गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दुर्गा अर्याल, निवर्तमान वडा अध्यक्ष पञ्च बहादुर गुरुङ, जलदेवी आधारभूत विद्यालयका शिक्षक, आँबुखैरेनी विकास बोर्डका अधिकृत किशोर सुवेदी, स्वास्थ्य शाखाका प्रमुख, स्वकीय सचिव मनोज वास्तोला, स्वास्थ्य सेवा केन्द्रका इन्चार्ज कुल बहादुर माहत्रा, स्थानीय स्वास्थ्यकर्मी तथा नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

उद्घाटनकै दिन आयोजित स्वास्थ्य शिविरमा ३० जना भन्दा बढी सर्वसाधारणले स्वास्थ्य सेवा प्राप्त गरेका छन्। यस केन्द्रबाट स्थानीयवासीले अबदेखि शिक्षा, आधारभूत स्वास्थ्य सेवा र अन्य वडा कार्यालयका सेवा सुलभ रूपमा पाउने छन्।

गाउँपालिकाले यस केन्द्रलाई कम खर्चिलो, प्रभावकारी र समाजिक विकासमा टेवा पुर्‍याउने माध्यमका रूपमा विकास गर्ने लक्ष्य राखेको जनाएको छ।

images
प्रकाशित मिति :जेठ २६, २०८२ सोमवार - २२:२४:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology