Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

नागढुंगा-नौबिसे सडक जेठ २६ गतेदेखि थप ५ दिन बन्द हुने

नागढुंगा-नौबिसे सडक जेठ २६ गतेदेखि थप ५ दिन बन्द हुने

images

इच्छाकामना न्युज

२५, जेठ २०८२
नागढुंगा-नौबिसे सडक जेठ २६ गतेदेखि थप ५ दिन बन्द हुने
images

काठमाडौं । नागढुङ्गा-नौबिसे सडक खण्डमा सडक मर्मत तथा सुधार कार्य जारी रहेकाले थप ५ दिन सवारी आवागमन बन्द हुने भएको छ ।

नागढुङ्गा-मुग्लिङ्ग सडक योजना (पूर्वी खण्ड) ले आइतबार सूचना जारी गर्दै जेठ २६ गतेदेखि जेठ ३० गतेसम्म दैनिक साढे चार घण्टा सडक बन्द हुने जानकारी दिएको हो । सडक हरेक दिन बिहान १०: ३० बजेदेखि दिउँसो ३: ०० बजेसम्म पूर्ण रूपमा बन्द हुनेछ ।

सडक योजनाले काठमाडौंबाट नौबिसेतर्फ जाने सवारीलाई नागढुङ्गा चेकपोस्टमा र नौबिसेबाट काठमाडौंतर्फ आउने सवारीलाई खानीखोला बजारमा नै रोकिने जनाएको छ । सडक बन्द हुने समयमा साना तथा मझौला सवारी साधनका लागि वैकल्पिक मार्ग प्रयोग गर्न सकिने जानकारी दिएको छ । वैकल्पिक मार्गमा सीतापाइला-रामकोट-धार्के सडक र सामाखुशी-टोखा-छहरे-त्रिशुली (विदुर)-गल्छी सडक रहेको आयोजनाले जनाएको छ ।

त्यस्तै सडक योजनाले बन्दको समयमा दमकल, एम्बुलेन्स र सुरक्षा निकायका जस्ता अत्यावश्यक सवारी साधनलाई भने नरोकिने बताएको छ । यस अघि नागढुङ्गा-नौबिसे सडक जेठ १० गतेदेखि २५ गतेसम्म बन्द गरेर काम गरिएको थियो ।

images
प्रकाशित मिति :जेठ २५, २०८२ आइतवार - १२:४१:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology