Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

एमाले चितवनको प्रतिनिधि परिषद् बैठक : हारको समिक्षा गर्दै मिशन ८४ केन्द्रित हुन महासचिव पोखरेलको निर्देशन

एमाले चितवनको प्रतिनिधि परिषद् बैठक : हारको समिक्षा गर्दै मिशन ८४ केन्द्रित हुन महासचिव पोखरेलको निर्देशन

images

इच्छाकामना न्युज

२४, जेठ २०८२
एमाले चितवनको प्रतिनिधि परिषद् बैठक : हारको समिक्षा गर्दै मिशन ८४ केन्द्रित हुन महासचिव पोखरेलको निर्देशन
images

चितवन, जेठ २४ । नेकपा (एमाले) चितवन ११ औं जिल्ला अधिवेशनको प्रथम प्रतिनिधि परिषद् बैठक सम्पन्न भएको छ । आज भरतपुरमा सम्पन्न बैठकलाई एमाले महासचिव शंकर पोखरेलले उद्घाटन गरे ।

बैठकलाई संवोधन गर्दै महासचिव पोखरेलले चितवनमा एमालेले व्यहोरेको हारको समिक्षा गर्दै मिशन ८४ केन्द्रित सांगठिनक गतिविधिमा लाग्न निर्देशन दिए । पार्टी नेतृत्वलाई सही सुझाव र सल्लाह दिन उनले प्रतिनिधि परिषद्का सदस्यहरुलाई आग्रह गरे । पार्टी र नेतृत्वप्रति घेराबन्दी भइरहेको बताउँदै उनले एकताबद्ध भएर त्यसको प्रतिवादमा लाग्नुपर्ने बताए ।

उनले पार्टी लोकप्रिय भएका कारणले सबैको तारो नेकपा एमालेलाई बनाइएको बताए । वामपन्थी जनमत एमालेमा भएको कारण एमालेमाथि आक्रमण भइरहेको महासचिव पोखरेलले बताएका छन् । जातीय राज्य बनाउन खोज्ने र एक मधेश एक प्रदेश बनाउन खोज्नेहरुले एमालेमाथि आक्रमण गरिहेको महासचिव पोखरेलले बताए ।

नेता कार्यकर्ताले पार्टी जहाँ कमजोर छ त्यहीँबाट संगठन सुरु गर्नुपर्ने र जो नेताले कमजोरी गरे तिनै नेताबाट सुधार्नु र सुध्रनु जरुरी रहेको महासचिव पोखरेलको भनाइ छ । सामाजिक सञ्जालमा आएका फेक कुराहरु हेरेर धारणा बनाउने प्रवृत्तिले समाज बिग्रिरहेको उनले बताएका छन् । बजेटका बारेमा बोल्दै महासचिव पोखरेलले बजेट लोकप्रिय भन्दा पनि नेपालको अर्थतन्त्र सुधार गर्नमा केन्द्रित रहेको बताए ।

उनले देशमा विकासको मुल फुटाउने पार्टी एमाले भएको बताएका छन् । बैठकमा एमाले चितवनका अध्यक्ष कमलराज पाठकले राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने एमाले चितवनका लेखा कमिटी अध्यक्ष शंकर अधिकारीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

images
प्रकाशित मिति :जेठ २४, २०८२ शनिवार - २०:३९:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology