Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आँबुखैरेनी गाउँपालिकाद्वारा छात्रा विद्यार्थीको लागि बचत खाता कार्यक्रम सञ्चालन

आँबुखैरेनी गाउँपालिकाद्वारा छात्रा विद्यार्थीको लागि बचत खाता कार्यक्रम सञ्चालन

इच्छाकामना न्युज

१९, जेठ २०८२
आँबुखैरेनी गाउँपालिकाद्वारा छात्रा विद्यार्थीको लागि बचत खाता कार्यक्रम सञ्चालन
images

आँबुखैरेनी, १९ जेष्ठ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले कुमारी बैंकको सहकार्यमा छात्रा विद्यार्थीको लागि बचत खाता कार्यक्रम सञ्चालन गरेको छ ।

images
images

गाउँपालिका अध्यक्ष शुक्र चुमानको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष दुर्गा अर्याल, प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद शर्मा, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, कुमारी बैंकका शाखा प्रबन्धक यदुकान्त घिमीरे लगायत विद्यालयका प्रधानाध्यापक, अभिभावक र विद्यार्थीहरूको उपस्थिती रहेको थियो।

गाउँपालिकाले आफ्नो आ.व. २०८१/०८२ को नीति तथा कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयका कक्षा १ देखि १२ सम्मका छात्रा विद्यार्थीहरूको लागि विशेष बचत खाता कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। यस कार्यक्रममा ८१९ जना छात्रा विद्यार्थीको खाता खोलिएको र कुमारी बैंक आँबुखैरेनी शाखाका शाखा प्रबन्धक यदुकान्त घिमीरेलाई रु. ८,१९,०००/- (अक्षरुपी आठ लाख उन्नाइस हजार) को चेक हस्तान्तरण गरिएको आँबुखैरेनी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख निर्मला कुवरले जानकारी दिनुभयो । सो रकम बचत गरे बापत, प्रत्येक विद्यार्थीले हरेक वर्ष रु. ३५,०००/- बराबरको निःशुल्क स्वास्थ्य बीमा सुविधा प्राप्त गर्ने छन्।

गाउँपालिकाले संचालनमा ल्याईएको यस बचत खाता कार्यक्रमले छात्रा विद्यार्थीहरूको आर्थिक, स्वास्थ्य र शैक्षिक उत्थानमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

images
प्रकाशित मिति :जेठ १९, २०८२ सोमवार - २१:४९:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology