Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नेपाली महिला टोलीले आज थाइल्यान्डसँग मैत्रीपूर्ण फुटबल खेल्ने

नेपाली महिला टोलीले आज थाइल्यान्डसँग मैत्रीपूर्ण फुटबल खेल्ने

इच्छाकामना न्युज

१९, जेठ २०८२
नेपाली महिला टोलीले आज थाइल्यान्डसँग मैत्रीपूर्ण फुटबल खेल्ने
images

काठमाडौ, १९ जेष्ठ । एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला टोलीले आज थाइल्यान्डसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ।

images
images

थाइल्यान्डमा हुने मैत्रीपूर्ण खेल स्थानीय समयअनुसार साढे चार बजे सुरु हुनेछ। यो खेलअघि महिला टोलीले थाइल्यान्डसँग बन्द रगंशालामा अभ्यास खेल खेलेको थियो। सो अभ्यास खेलमा नेपाली टोली १–० ले पराजित भएको थियो।

फिफा वरियतामा थाइल्यान्ड ४७ औँ स्थानमा छ। थाइल्यान्डसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टोली एसियन कपको तयारीमा जुट्नेछ। एसियन छनोटमा नेपाल लाओस, श्रीलंका र उज्वेकिस्तान रहेको समूह एफ मा छ।

छनोटको पहिलो खेलमा नेपालले २९ जुनमा लाओसविरुद्ध खेल्नेछ। जुलाइ २ मा श्रीलंकासँग र जुलाइ ५ मा उज्वेकिस्तानविरुद्ध खेल्ने तालिका छ।

images
प्रकाशित मिति :जेठ १९, २०८२ सोमवार - ०७:४६:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology