मुग्लिङ्ग, १९ जेष्ठ । मुग्लिङ्ग - काठमाडौ सडक खण्ड अन्तर्गत नौबिसे नजिकै गएराती रात्री बसमा एक महिला यात्रुले छोरालाई जन्म दिइन् ।
काठमाण्डौबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख २५६१ नम्बरको मञ्जु श्री AC बसमा सवार चितवनकी एक महिला यात्रुले रात्रीका समयमा शिशुलाई नर्मल डेलिभरी मार्फत जन्म दिएकी छन्।
बसका स्टाफ ऋषव श्रेष्ठका अनुसार, काठमाण्डौबाट छुटेका केही समयपछि नौबिसे नजिकै ती महिलालाई अचानक व्यथा लाग्न थालेपछि बस रोकेर यात्रुहरूको सहयोगमा उनले शिशुलाई जन्म दिएकी थिइन्। बसका अन्य यात्रुहरूले पनि आपत्कालीन अवस्थामा उनलाई सहयोग पुर्याएका थिए।
डेलिभरी पछि शिशु र आमालाई तत्काल काठमाण्डौ फर्काइएको छ। घटनामा बसका कर्मचारी र यात्रुहरूको सहयोग अत्यन्त सराहनीय रहेको उल्लेख गरिएको छ।