Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

विश्वकप लिग-२ : आज नेपाल स्कटल्यान्डसँग भिड्दै

विश्वकप लिग-२ : आज नेपाल स्कटल्यान्डसँग भिड्दै

इच्छाकामना न्युज

१९, जेठ २०८२
विश्वकप लिग-२ : आज नेपाल स्कटल्यान्डसँग भिड्दै
images

काठमाडौ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज घरेलु टोलीसँग खेल्दै त्रिकोणात्मक सिरिजको सुरुवात गर्दैछ।

images
images

स्कटल्यान्डको फोर्थहिलमा हुने खेल दिउँसो पौने चार बजे सुरु हुनेछ। नेदरल्यान्ड सम्मिलित सिरिजमा नेपाली टोली सुखद सुरुवात गर्ने लक्ष्यमा छ। सिरिजको तयारीका लागि नेपाली टोलीले स्कटल्यान्ड कै ‘ए’ टोलीसँग अभ्यास खेल खेलेको थियो।

त्यसअघि नेपालले बेलायतमा पनि अभ्यास खेल खेलेको थियो। लिग–२ मा नेपाल आफ्नो १३ औँ खेल खेल्न लागेको हो। स्कटल्यान्डको भने यो १७ औँ खेल हो। सिरिजको १२ खेलमा २ खेलमा मात्र जित निकालेको नेपाल ८ खेलमा हार भोग्दै ६ अंकमा तालिकाको पुछारमा छ।

लिगको १६ खेलमा ९ खेलमा जित, ५ खेलमा हार भोग्दै २० अंक भएको स्कटल्यान्ड चौथो स्थानमा छ। लिगको २० खेलमा १२ खेलमा जित, ६ खेलमा हार र २ खेलमा अंक बाँडेको नेदरल्यान्ड २६ अंकमा तालिकाको दोस्रो स्थानमा छ।

समान खेलबाट १४ खेलमा जित र ६ खेलमा हार भोग्दै २८ अंक भएको अमेरिका अंक तालिकाको शीर्ष स्थानमा छ।

images
प्रकाशित मिति :जेठ १९, २०८२ सोमवार - ०७:२९:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology