Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

गोरखा र धादिङ जोड्ने झुलुङ्गे पुलको निर्माण कार्य सम्पन्न

गोरखा र धादिङ जोड्ने झुलुङ्गे पुलको निर्माण कार्य सम्पन्न

images

इच्छाकामना न्युज

१८, जेठ २०८२
गोरखा र धादिङ जोड्ने झुलुङ्गे पुलको निर्माण कार्य सम्पन्न
images

गोरखा । गोरखाको भिमसेन थापा गाउँपालिका ७ र ८ बोर्लाङ र धादिङको त्रिपुरासुन्दरीको सल्यानटार–३ जोड्ने बुढी गण्डकी नदीमाथिको १२० मिटर लामो झाेलुङ्गे पुल निर्माण सम्पन्न भएको छ। उक्त पुल निर्माण योजना सम्पन्न गर्नुपर्ने मिति भन्दा दुई महिना अगावै सम्पन्न भएको हो।

दुई जिल्लाको मुख्य केन्द्रविन्दु बोर्लाङ, घाटबेँसी र सल्यानटारका सयौं स्थानीय खुसी भएका छन्। पुल निर्माण नहुनञ्जेल फलेकले बारेको जोखिम रहेको पुलबाट आवतजावत गर्नुपर्ने बाध्यता हुँदा घाटबेँसीका स्थानीयलाई हैरानी नै भएको घाटबेँसीको स्थानीय भिमनारायण श्रेष्ठले बताउनुभयो।

पुल निर्माण हुनु भन्दा अघि सयौं स्थानीयलाई जोखिम थियो, गाउँपालिका अध्यक्ष लोकप्रसाद बञ्जराले भन्नुभयो, ‘दुबै पट्टी बार नभएको, बिचमा कतै फलेक नभएको पुलबाट यात्रा गर्दा एक पटक विचार गरेर मात्र यात्रा गर्नुपर्ने अवस्था भएकाले स्थानीय र जनप्रतिनिधिको पहलमा प्रदेश सरकारबाट बजेट माग गरी पुल निर्माण गरिएको उहाँले बताउनुभयो।’ पुल निर्माणका लागि नवदुर्गा निर्माण सेवा कम्पनीसँग ३३ लाख ७९ हजार ४६ रुपियाँ बजेट लागतमा पुल निर्माण भएको हो।

झलुङगे पुल निर्माणसँगै घाटबेँसी र सल्यानटार आवतजावतसँगै त्यहाँका स्थानीय रूपमा उत्पादन भएका उपभोग्य सामग्री बिक्री वितरण गरी आयआर्जनमा समेत टेवा पुग्ने विश्वास लिइएको छ।

पूर्वाधार कार्यालय गोरखाको बजेटमा २०८१ चैत १२ गते सम्झौता भई २०८२ साउन मसान्तसम्म सम्पन्न गर्नुपर्ने पर्ने सम्झौता उल्लेख भएता पनि निर्माण कम्पनीले दुई महिना अगावै जेठ महिना मै निर्माण सम्पन्न गरेको पूर्वाधार कार्यालय गोरखाका प्रमुख गणेश सुवेदीले बताउनुभयो।

images
प्रकाशित मिति :जेठ १८, २०८२ आइतवार - ०९:०४:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology