Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

युइएफए च्याम्पियन्स लिगको उपाधि पहिलो पटक पिएसजीलाई

युइएफए च्याम्पियन्स लिगको उपाधि पहिलो पटक पिएसजीलाई

इच्छाकामना न्युज

१८, जेठ २०८२
युइएफए च्याम्पियन्स लिगको उपाधि पहिलो पटक पिएसजीलाई
images

काठमाण्डु । पेरिस सेन्ट जर्मेन (पिएसजी) पहिलो पटक युइएफए च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ। इन्टर मिलानलाई ५–० को फराकिलो अन्तरले हराउँदै पिएसजी पहिलो पटक च्याम्पियन बनेको हो।

images
images

फ्रेन्च लिग वान च्याम्पियन टोली पिएसजीलाई जित दिलाउन डिजेर डुवेले २, आक्राफ हाकिमी, ख्विचा क्वारात्स्खेलिया, सेनी मायुलुले समान १–१ गोल गरेका थिए। हाकिमीले पहिलो हाफको १२ औं मिनेटमा गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए भने डुवेले २० औं मिनेटमा गोल गरेपछि पिएसजी दोब्बर गोलसहित अगाडि बढयो।

उता, डुवेले दोस्रो हाफको ६३ औं मिनेटमा अर्को गोल थपिदिए भने त्यसको १० मिनेट पछि नै क्वारात्स्खेलिया काउन्टर अट्याकबाट गोल गर्दै टोलीको अग्रतालाई‌ ४–० को फराकिलो बनाउन सफल भए। उता, खेल सकिनु केही समय अघि मैदानमा छिरेको ३ मिनेटमा नै मायुलुले ८६ औं मिनेटमा टोलीका लागि पाँचौं गोल गरेर पहिलो पटक पिएसजी च्याम्पियन बन्न सफल भएको हो। पिएसजीले यसपटक अन्तिम १६ मा लिभरपुललाई, क्वाटरफाइनलमा एस्टन भिल्लालाई‌ र सेमिफाइनलमा आर्सनललाई हराउँदै फाइनल यात्रा तय गरेको थियो।

लियोनल मेस्सी, नेयमार र केलियन एमबाप्पे जस्ता स्टार खेलाडीले क्लब छाडे पछि पिएसजी च्याम्पियन्स लिग जित्न सफल भएको हो। यसअघिको सन् २०२० मा पिएसजीले च्याम्पियन लिग फाइनल खेलेको थियो।

त्यति बेला टोली बायर्न म्युनिखसँग १–० ले पराजित भएर दोस्रो स्थानमा चित्त बुझाउन विवश भएको थियो।

images
प्रकाशित मिति :जेठ १८, २०८२ आइतवार - ०८:३९:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology