गोेरखा, १३ जेठ । भिमसेनथापा गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको समुद्घाटन तथा पूर्ण खोप सुनिश्चितता घोषणा कार्यक्रम सम्पन्न भएको छ ।
प्रमुख अतिथि पूर्व प्रधानमन्त्री एंव नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले एक कार्यक्रमकाबिच प्रशासकिय भवनको उद्घाटन गर्नुभएको हो । विशिष्ट अतिथि गण्डकी प्रदेश मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र विशेष अतिथि गण्डकी प्रदेश सभाका सभामुख कृष्ण धिताल रहनुभएको थियो ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य राजेन्द्र बजगाईं, प्रदेश सभा सदस्य सुशिला सिम्खडा लागायतको आतिथ्यता रहनुभएको थियो । गाउँपालिका उपाध्यक्ष अमृता देबी भट्ट (वस्ती) ले भवनको संक्षिप्त जानकारी सहित स्वागत मन्तब्य राख्नु भएको थियो भने कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत श्री चित्र बहादुर अधिकारीले सञ्चालन गर्नुभएको थियो ।
साँस्कृतिक झाँकीहरुको प्रस्तुतिकरण, विपद् व्यवस्थापन सम्बन्धी डेमो प्रदर्शन, स्काउटको पि।टि प्रदर्शन, विज्ञान प्रदर्शनी, सम्मान पत्र, कदर पत्र एवं प्रमाणपत्र वितरण लागायतका कार्यक्रमहरु सहित उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।
गाउँपालिका अध्यक्ष लोक प्रसाद बंजाराको अध्यक्षता तथा मा सुसम्पन्न भएको छ। साथै आज नै गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ ।