Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

नवलपरासीका नुन बहादुर मगर मलेसियामा सुतकै ठाउँमा मृत भेटिए

नवलपरासीका नुन बहादुर मगर मलेसियामा सुतकै ठाउँमा मृत भेटिए

images

इच्छाकामना न्युज

१५, फाल्गुण २०७७
नवलपरासीका नुन बहादुर मगर मलेसियामा सुतकै ठाउँमा मृत भेटिए
images

मलेसिया । वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका एक नेपालीको मृत्यु भएको छ । करिब ६ वर्ष अगाडि मलेसियाको बहुप्रतिष्ठित कम्पनी टप ग्लोभको ९ नम्बर फ्याक्ट्रीमा कार्यरत नवलपरासीका नुनबहादुर मगरको आज सुतेकै अवस्था मृत्यु भएको हो। उनलाई क्षयरोगको समस्या रहेको बताइएको छ ।

टप ग्लोभमै कार्यरत एक नेपाली कामदारले नेपाली मजदुर एकता समाज मलेसियालाई उक्त घटनाबारे जानकारी गराएको मजदुर समाजले जानकारी दिएको छ । मृतकको बारेमा अन्य आवश्यक विवरण प्राप्त हुन बाँकी रहेको छ ।

आज र भोलि मलेसियास्थित नेपाली राजदुतावास समेत बन्द रहने भएका कारण यस बारेमा दूतावासलाई पनि आधिकारिक रूपमा जानकारी गराउन नसकिएको मजदुर समाज मलेसियाका अध्यक्ष रामप्रसाद सुबेदीले जानकारी गराएका छन् ।

images
प्रकाशित मिति :फाल्गुण १५, २०७७ शनिवार - १३:१६:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology