Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

राष्ट्र बैंकले तोक्यो विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन मुद्रा कतिमा ?

राष्ट्र बैंकले तोक्यो विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन मुद्रा कतिमा ?

images

इच्छाकामना न्युज

१२, जेठ २०८२
राष्ट्र बैंकले तोक्यो विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन मुद्रा कतिमा ?
images

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिद दर १३६ रुपियाँ ०५ पैसा र बिक्रीदर १३६ रुपियाँ ६५ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिददर १५४ रुपियाँ ६२ पैसा र बिक्रीदर १५५ रुपियाँ ३० पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिद दर १८४ रुपियाँ १८ पैसा र बिक्रीदर १८४ रुपियाँ ९९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६५ रुपियाँ ६४ पैसा र बिक्रीदर १६६ रुपियाँ ३७ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपियाँ ३६ पैसा र बिक्रीदर ८८ रुपियाँ ७५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपियाँ ०२ पैसा र बिक्रीदर ९९ रुपियाँ ४६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रुपियाँ ९३ पैसा र बिक्रीदर १०६ रुपियाँ ४० पैसा निर्धारण गरिएको छ। जापानी येन १० को खरिददर नौ रुपियाँ ५४ पैसा र बिक्रीदर नौ रुपियाँ ५९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ९५ पैसा र बिक्रीदर १९ रुपियाँ ०३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ २७ पैसा र बिक्रीदर ३६ रुपियाँ ४३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ३३ पैसा र बिक्रीदर ३७ रुपियाँ ४९ पैसा कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ १९ पैसा र बिक्रीदर चार रुपियाँ २० पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ०४ पैसा र बिक्रीदर ३७ रुपियाँ २० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ १६ पैसा र बिक्रीदर ३२ रुपियाँ ३० पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपियाँ ९६ पैसा र बिक्रीदर १० रुपियाँ ०१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ २७ पैसा र बिक्रीदर १४ रुपियाँ ३४ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ ७३ पैसा र बिक्रीदर २० रुपियाँ ८२ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ३७ पैसा र बिक्रीदर १७ रुपियाँ ४५ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रुपियाँ ०३ पैसा र बिक्रीदर ४४५ रुपियाँ ९९ पैसा, बहराइन दिनार एकको खरिददर ३६० रुपियाँ ८८ पैसा र बिक्रीदर ३६२ रुपियाँ ४७ पैसा, ओमनी रियाल एकको खरिददर ३५३ रुपियाँ ८४ पैसा र विक्रीदर ३५५ रुपियाँ ४० पैसा रहेको छ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ। राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

images
प्रकाशित मिति :जेठ १२, २०८२ सोमवार - ०७:३२:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology