Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल अन्तर्गत आजपनि दुई खेलहरु हुँदै 

सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल अन्तर्गत आजपनि दुई खेलहरु हुँदै 

images

इच्छाकामना न्युज

१५, फाल्गुण २०७७
सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल अन्तर्गत आजपनि दुई खेलहरु हुँदै 
images

काठमाण्डौ, १५ फागुन । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल अन्तर्गत आजपनि दुई खेलहरु हुँदैछन् ।एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा पुल्चोक स्पोर्ट्स क्लब र श्री भगवती क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
पुल्चोक र श्री भगवतीबीचको खेल अपरान्ह सवा १२बजेबाट सुरु हुनेछ । दुबै टिम जित निकाल्ने योजनामा हुने छन् । पुल्चोक ६ खेलमा १ अङ्क जोडेर पुछारमा रहेको छ । पुल्चोक पहिलो जितको खोजीमा हुनेछ । श्री भगवती ६ खेलमा ५ अङ्क जोडेर दशौँ स्थानमा रहेको छ । 
यस्तै आजै हुने अर्को खेलमा बाँसबारी क्लबले श्री कुमारी क्लबबीच प्रतिस्पर्धा हुनेछ । बाँसबारी र श्री कुमारीबीचको खेल दिउँसो साढे ३ बजे सुरु हुनेछ ।बाँसबारी श्री कुमारीलाई हराएर दोस्रो स्थानमा उक्लन चाहन्छ । बाँसबारी ६ खेलमा १४ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ । श्री कुमारी ६ खेलमा ६ अङ्क जोडेर आठौं स्थानमा रहेको छ । 

images
प्रकाशित मिति :फाल्गुण १५, २०७७ शनिवार - ०९:५४:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology