इच्छाकामना । राष्ट्रिय युवा संघ नेपालले राष्ट्रिय आधारभूत विद्यालय इच्छाकामना २ ओर्ल्याङलाई खाद्यान्न सहयोग गरेका छन् ।
राष्ट्रिय युवा संघको ३६ औँ स्थापना दिवसको अवसरमा राष्ट्रिय युवा संघ इच्छाकामना १ कमिटीले उक्त विद्यालयको छात्रावासमा बस्ने विपन्न विद्यार्थीहरुका लागि रु २१ हजार बराबरको खाद्यान्न सहयोग गरेका हुन् ।
उक्त छात्रावासमा अभिभावक नभएका र आर्थिक अवस्था कमजोर भएका कारण विद्यालय आउन नसक्ने बालबालिकाहरु छन् ।
राष्ट्रिय युवा संघ इच्छकामना–१ का सचिव किरण पुरीको अध्यक्षता तथा वडाध्यक्ष पञ्च बहादुर पञ्च बहादुर चेपाङको प्रमुख अतिथि र राष्ट्रिय युवा संघ इच्छकामना गाउँ कमिटी उपाध्यक्ष मुस्कान पुरी(सुशील)को विशिष्ट आतिथ्यतामा एक कार्यक्रमकाबिच विद्यालयलाई खाद्यान्न हस्तान्तरण गरिएको हो ।