Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
२०८३, कार्तिक ११ गते
images

इच्छाकामनामा अपाङ्गता पहिचान परिक्षण शिविर आयोजना हुने

इच्छाकामनामा अपाङ्गता पहिचान परिक्षण शिविर आयोजना हुने

images
इच्छाकामनामा अपाङ्गता पहिचान परिक्षण शिविर आयोजना हुने
images

इच्छाकामना । चितवनको इच्छाकामना गाउँपालिका र विकलाङ्ग मित्र समूह/अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्र बनेपा काभ्रेपलाञ्चोकले संयुक्त रूपमा शारिरिक अपाङ्गता भएका बालबालिकाका लागि अपाङ्गता पहिचान परिक्षण घुम्ती शिविरको आयोजना गर्ने भएको छ।

यस शिविरको आयोजना १८ बर्षसम्मका बालबालिकाका लागि हुनेछ, जसमा जन्मतजात खुट्टाको पैतला भित्र वा बाहिर फर्केको क्लब फुट, आगोले पोलेर अंगहरु एकआपसमा टाँसिएको, हड्डी भाँचिएको, ढाड बाङ्गो, जोर्नी समस्या, ओठ तालु फाटेको लगायतका शारीरिक समस्याका लागि जाँच गरिने छ।

उक्त शिविर आगामी जेठ ४ गते आइतबार इच्छाकामना आधारभूत अस्पताल कुरिनटारमा बिहान ९ बजेदेखि सुरु हुनेछ।सो अवसरमा, विभिन्न प्रकारका हड्डी र जोर्नी समस्याबाट ग्रस्त बालबालिकाको जाँच र उपचारको सम्भावना पनि हुनेछ। शिविरमा उपस्थित हुने बालबालिकाले स्वास्थ्य सेवाका बारेमा महत्त्वपूर्ण जानकारी र उपचार सुविधा प्राप्त गर्नेछन्।

images
प्रकाशित मिति :जेठ २, २०८२ शुक्रवार - ००:३५:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology