Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

पत्रकार फणिदेव महतको निधन

पत्रकार फणिदेव महतको निधन

इच्छाकामना न्युज

३१, बैशाख २०८२
पत्रकार फणिदेव महतको निधन
images

रौतहट । रौतहटका पत्रकार  फणिदेव महतको निधन भएको छ। लामो समय देखि ब्रेन ट्युमर रोगबाट  पीडित ४८ वर्षीय महतको उपचारको क्रममा काठमाडौँस्थित अन्नपूर्ण न्युरो अस्पतालमा  गए राति निधन भएको हो। 

images
images

रौतहटबाट दुई दशकभन्दा बढी समयदेखि महत पत्रकारिता क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए। उनी अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकका रौतहट संवाददाता थिए । साथै चन्द्रनिगापुर स्थित सञ्चालनमा रहेको रेडियो सुप्रिम र  ुकलमपाटी डटकमु अनलाईनका सञ्चालक समेत रहेका थिए। 

स्वर्गीय महतले प्रेस चौतारी नेपालको मधेस प्रदेश अध्यक्ष समेत रहेका थिए। महतको श्रीमती र २ छोराछोरी रहेका छन्।  महतको पार्थिव शरीर चन्द्रपुर नगरपालिका स्थित उनको घरमा राखिएको छ । उनको आजै अन्त्येष्टि गरिने परिवारका सदस्यले जानकारी दिएका छन् । 

images
प्रकाशित मिति :बैशाख ३१, २०८२ बुधवार - ०८:५१:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology