Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आजको मौसमः पहाडी क्षेत्रमा आशिंक देखि सामान्य बदली

आजको मौसमः पहाडी क्षेत्रमा आशिंक देखि सामान्य बदली

इच्छाकामना न्युज

१५, फाल्गुण २०७७
आजको मौसमः पहाडी क्षेत्रमा आशिंक देखि सामान्य बदली
images

चितवन, १५ फागुन । हाल देशभरको मौसममा पश्चिमी वायूको आंशिक प्रभाव देखिएको छ। हाल देशका पहाडी भू–भागको मौसममा आंशिकदेखि सामान्य बदली भएको छ । देशका अन्य भू–भागहरूको मौसम सामान्यतया सफा रहेको छ। तराइका थोरै स्थानहरुमा हल्का कुहिरो र हुस्सु लागेको देखिन्छ ।

images
images

आज काठमाडौंको न्युनतम तापक्रम १० डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम २४ डिग्री सेल्सियस रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशका पहाडी भू–भागहरुको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना देखिएको छ । देशका बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने सम्भावना छ। देशका पहाडी भू–भागका एक, दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक, दुई स्थानमा हल्का हिमपातको संभावना रहेको विभागले जनाएको छ । त्यसैगरी आज राती देशका पहाडी भू–भागहरुको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना देखिएको छ । देशका बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहने सम्भावना छ। देशका पहाडी भू–भागका एक, दुई स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक, दुई स्थानमा हल्का हिमपातको संभावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

images
प्रकाशित मिति :फाल्गुण १५, २०७७ शनिवार - ०८:२३:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology