Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
२०८३, कार्तिक १३ गते
images

उद्योग वाणिज्य संघ चितवनद्धारा प्रहरी प्रमुख पुरीलाई स्वागत

उद्योग वाणिज्य संघ चितवनद्धारा प्रहरी प्रमुख पुरीलाई स्वागत

images

इच्छाकामना न्युज

२८, बैशाख २०८२
उद्योग वाणिज्य संघ चितवनद्धारा प्रहरी प्रमुख पुरीलाई स्वागत
images

चितवन, वैशाख २८। उद्योग वाणिज्य संघ–चितवनले जिल्ला प्रहरी प्रमुखको स्वागत गरेको छ । आज (आइतबार) एक कार्यक्रमको आयोजना गर्दै संघले प्रहरी उपरिक्षक गोविन्द पुरीलाई स्वागत गरेको हो ।

कार्यक्रममा संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले लामो समयदेखी उद्यमी व्यवसायी र प्रहरी प्रशासन एक आपसमा सहकार्य गर्दै आएको र आगामी दिनमा पनि सहकार्य रहने बताए । यस्तै जिल्लाको पर्यटनलाई केन्द्रीत गर्दै कार्यक्रम सञ्चालन गर्न सके आर्थिक क्षेत्र चलायमान हुने भएकोले उनले पर्यटकीय सुरक्षाका लागि समेत अनुरोध गरेका छन् । उनले जिल्लाको शान्ति सुरक्षाको सवालमा समेत प्रहरीसँग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका निवर्तमान अध्यक्ष चुननारायण श्रेष्ठले जिल्लाको पार्किङ्ग व्यवस्थापनलाई दिगो र प्रभावकारी बनाउन तर्फ ध्यान दिन आग्रह गरेका छन् ।

यस्तै कार्यक्रममा प्रहरी उपरिक्षक पुरीले जिल्लाको शान्ति, सुरक्षा र अमन चयनमा कुनै कसुर नराख्ने बताए । उनले जिल्लको शान्ति सुरक्षा व्यवस्थापनमा उद्योगी, व्यवसायीको तर्फबाट पनि सहकार्यको अपेक्षा राखेको बताएका छन् ।

कार्यक्रममा संघका उपध्यक्ष त्रय राजेन्द्र ओली, अशोक अधिकारी, नारायण प्रधान, कार्यकारी निर्देशक निलबहादुर के।सी लगायत संघका कार्यसमिति सदस्य विभिन्न वस्तुगत संघका अध्यक्ष एवम् पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

images
प्रकाशित मिति :बैशाख २८, २०८२ आइतवार - १५:१३:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology