Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

मानवअधिकार एलाइन्स इच्छाकामनाको अध्यक्षमा दल बहादुर बुढाथोकी चयन

मानवअधिकार एलाइन्स इच्छाकामनाको अध्यक्षमा दल बहादुर बुढाथोकी चयन

इच्छाकामना न्युज

२८, बैशाख २०८२
मानवअधिकार एलाइन्स इच्छाकामनाको अध्यक्षमा दल बहादुर बुढाथोकी चयन
images

भरतपुर । राष्ट्रिय मानवअधिकार सामाजिक न्याय मञ्च (मानवअधिकार एलाइन्स) चितवन शाखाले इच्छाकामना गाउँपालिकामा कमिटी गठन गरेको छ । एलाइन्सको पालिकास्तरीय कमिटी गठन कार्यक्रमअन्तर्गत शनिबार इच्छाकामना गाउँपालिकामा कमिटी गठन भएको हो ।

images
images

मानवअधिकार एलाइन्स चितवनका अध्यक्ष किशोर खनालका अनुसार मानवअधिकार रक्षकहरुको भेलाले गाउँपालिकामा कमिटी गठन गरेको हो । ‘यसअघि खैरहनी र रत्ननगरमा एलाइन्सको पालिका कमिटी गठन भइसकेको छ’ अध्यक्ष खनालले भने ।

इच्छाकामना गाउँपालिकाको भेलाले दलबहादुुर बुढाथोकीको अध्यक्षतामा १७ सदस्यीय कमिटी गठन गरिएको छ । प्रत्येक वडाबाट एक जना प्रतिनिधि कमिटीमा रहेका छन् । भेलाकी प्रमुख अतिथि इच्छाकामना गाउँपालिका उपप्रमुख माया सिलवालले निर्वाचित कमिटीलाई मानवअधिकारको रक्षार्थमा निरन्तर लाग्न सुझाव दिएकी थिइन् ।

‘मानवअधिकारबाट कोही वञ्चित भएमा उसलाई न्याय दिलाउन अब इच्छाकामना कमिटीको सक्रिय भूमिका रहनेछ’ सिलवालले भनिन्, ‘आगामी वर्ष गाउँपालिकाले मानवअधिकारसम्बन्धी सचेतनाका कार्यक्रम ल्याउन सहयोग गर्नेछ ।’

कमिटीको उपाध्यक्षमा कमला भट्टराई, सचिवमा शान्तादेवी पाण्डे, कोषाध्यक्षमा लक्ष्मी कँडेल, उपसचिवमा राधा कँडेल निर्वाचित भएका छन् । सदस्यहरुमा नवीन सिलवाल, विशाल गुरूङ, हिराबहादुर गुरूङ, तकवीर गुरूङ, मीनबहादुर श्रेष्ठ, रामबहादुर घर्ती, आकृति त्रिपाठी, मनकुमारी गुरूङ, माधव गिरी, कमला भण्डारी, पार्वती गुरूङ र गोमा गुरुङ निर्वाचित भएका छन् ।

गाउँपालिकाको अध्यक्षमा निर्वाचित दलबहादुर बुढाथोकीले इच्छाकामनाको मानवअधिकारको रक्षामा कमिटी सदैव सक्रिय हुने र यसको सञ्जाललाई वडा तहसम्म लैजाने प्रतिबद्धता जनाए ।

images
प्रकाशित मिति :बैशाख २८, २०८२ आइतवार - १३:४१:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology