Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

लमजुङमा फस्टाउँदो चियाखेतीले पर्यटक आकर्षित

लमजुङमा फस्टाउँदो चियाखेतीले पर्यटक आकर्षित

इच्छाकामना न्युज

२७, बैशाख २०८२
लमजुङमा फस्टाउँदो चियाखेतीले पर्यटक आकर्षित
images

लमजुङ, वैशाख २६ गते । लमजुङको घलेगाउँ र भुजुङबाट सुरु गरिएको चियाखेती जिल्लाका अन्य क्षेत्रमा पनि फैलिन थालेको छ । क्लोलासोँथर गाउँपालिकाको घलेगाउँ, भुजुङ, पसगाउँ, भोजे र मर्स्याङ्दी गाउँपालिकाको घनपोखरा क्षेत्रमा लगाइएको चिया खेतीले आन्तरिक पर्यटकसमेत आकर्षित गरिरहेको छ ।

images
images

विश्वमा नै उत्कृष्ट चिया उत्पादन गर्ने पूर्वी नेपालको सिको गर्दै लमजुङमा चिया खेती सुरुवात गरिएको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को पहलमा २०५५ सालदेखि चिया खेती शुरुवात गरिएको हो । अहिले क्ब्होँलासोथार गाउँपालिका, मर्स्याङ्दी गाउँपालिका र दोर्दी गाउँपालिकाका विभिन्न गाउँहरुमा चिया खेती विस्तार गरिएको छ । 

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालयका भजुङका प्रमुख प्रमोद रेग्मीका अनुसार आयोजना क्षेत्र भित्रका नागरिकलाई आयआर्जन र स्वरोजगार बनाउन थालिएको चिया खेती पर्यटक घुम्ने केन्द्र बनेको छ । पूर्वको जस्तो भु–बनोट भएकाले यहाँ चिया खेती फष्टाउँदै गएको छ । एक्याप क्षेत्रभित्र भुजुङमा तीनसय रोपनी, पसागाउँमा दुई सय र घलेगाउँमा दुई सय रोपनी जमिनमा चिया खेती गरिँदै आएको छ । 

घलेगाउँमा गरिएको चिया खेतीले पर्यटक आकर्षित गर्ने गरेको घलेगाउँ पर्यटन समितिका अध्यक्ष प्रेम घलेले बताउनुभयो । यहाँ तक्दा ७८ र गुम्दा नामक चियाको खेती गरिएको छ । समुन्द्री सतहदेखि दुई हजार मिटरको उचाइमा लगाइएको चिया पर्यटकलाई खुवाउनुको साथै विदेशसम्म पुग्ने गरेको छ । 

सामुहिक रूपमा गरिएको चिया खेतीबाट आम्दानी पनि हुन थालेको छ । गाउँ आउने आन्तरिक पर्यटकले चिया किनेर लैजाने गरेका छन् । सुरुमा जीवनस्तर उकास्न गरिएको चियाखेतीले हिजोआज आन्तरिक तथा बाह्य पर्यटकहरूलाई समेत भित्राउन सहयोग पुगेपछि गाउँलेले चियाखेती थप विस्तार गरेका छन् । पुस र माघ बाहेक १५÷१५ दिनको फरकमा टिप्दै आएको चियाको मुनाहरू अहिले हप्ता दिन नबित्दै टिप्ने गरेको स्थानीय बताउँछन् । भुजुङ र घलेगाउँमा चिया प्रशोधन केन्द्र स्थापना गरिएको छ । चियाको ग्रेडिङ र चाल्ने मेसिन पनि राखिएको छ ।

यहाँको चिया सदरमुकाम बेँसीसहर, पोखरा, चितवन, काठमाडौंदेखि विदेशी मुलुकमा रहेका आफन्तजनहरूलाई कोसेलीको रूपमा समेत पठाउने गरिएको छ । 

images
प्रकाशित मिति :बैशाख २७, २०८२ शनिवार - २२:२७:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology