Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

भरतपुरमा संचालित शिविरमा छ सय जनाको मुटुको परीक्षण

भरतपुरमा संचालित शिविरमा छ सय जनाको मुटुको परीक्षण

इच्छाकामना न्युज

२१, बैशाख २०८२
भरतपुरमा संचालित शिविरमा छ सय जनाको मुटुको परीक्षण
images

चितवन, वैशाख २१। सहिद गङ्गालाल हृदयरोग केन्द्रका विशेषज्ञ चिकित्सकसहितको टोलीले भरतपुर महानगरपालिका–६ गीतानगरमा मुटुको स्वास्थ्य परीक्षण गरेको छ । जिपी कोइराला अध्ययन केन्द्रको आयोजनामा भएको निःशुल्क शिविरमा ६५० जनाको परीक्षण गरिएको छ।

images
images
केन्द्रका अध्यक्ष रामप्रसाद अधिकारीका अनुसार सहिद गङ्गालाल हृदयरोग केन्द्रका निर्देशक डा रवि मल्ल नेतृत्वको १८ जना विशेषज्ञ चिकित्सक एवं स्वास्थ्यकर्मीको टोलीले ‘इको’, ‘इसिजी’ परीक्षण गर्नुका साथै उच्च रक्तचाप, मधुमेहलगायत मुटुसँग सम्बन्धित रोगबाट प्रभावित व्यक्ति लाभान्वित भएका छन् ।
परीक्षणका क्रममा जन्मजात मुटुमा प्वाल रहेको पाइएका तीन जनाको गङ्गालाल हृदयरोग केन्द्रमा निःशुल्क रुपमा उपचार गरिदिने केन्द्रका अध्यक्ष अधिकारीले जानकारी बताउनुभयो ।

केन्द्रका निर्देशक एवं वरिष्ठ मुटुरोग विशेषज्ञ मल्लले न्यून शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन गर्नेक्रममा गङगालाल हृदयरोग केन्द्रले जिल्लाजिल्लामा सञ्चालित मुटुरोग शिविरमार्फत निःशुल्क सेवा प्रदान गर्दै आएको जानकारी दिनुभयो । भरतपुर महानगरपालिका वडा नं ६ ले शिविर सञ्चालनमा सहकार्य गरेको थियो ।

केन्द्रका अध्यक्ष अधिकारीले स्थानीय सर्वसाधरण लाभान्वित हुन सकून् भन्ने उद्देश्यका साथ मुटुरोग उपचारका क्षेत्रमा देशभर स्थापित गङ्गालाल हृदयरोग केन्द्रका विशेषज्ञसहितको टोलीलाई अनुरोध गरेको स्पष्ट गर्नुभयो । रासस

images
प्रकाशित मिति :बैशाख २१, २०८२ आइतवार - २२:१०:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology