काठमाडौं, १४ फागुन । चितवन र गोरखा सहित ३७ जिल्लाका प्रमुख जिल्ला अधिकारी फरिएको छ। आज बसेको बैठकले गृहमन्त्रीस्तरीय बैठकले गृह मन्त्रालय मातहतका ५२ सहसचिव र उपसचिवको एकैपटक सरुवा भएको हो।
सरुवा हुनेमा चितवनका प्रजिअ नारायणप्रसाद भट्टराई र गोरखाका तिर्थराज भट्टराई सहित ३७ जिल्लाका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीहरु छन्।
चितवनमा नयाँ प्रजिअको रुपमा प्रेमलाल लामिछाने गृहमन्त्रालयबाट सरुवा भै आउने भएका छन् भने गोरखामा नयाँ प्रजिअको रुपमा गृहमन्त्रालयबाट शालिग्राम पौडेल आउने भएका छन्।
सरुवा सूची हेर्नुस्ः
https://moha.gov.np/public/upload/e66443e81e8cc9c4fa5c099a1fb1bb87/files/Saruwa(1).pdf